पशुपति क्षेत्रमा महादीपदान गर्नेको घुइँचो « Khabarhub

पशुपति क्षेत्रमा महादीपदान गर्नेको घुइँचो


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मार्गशीर्षकृष्ण त्रयोदशीका अवसरमा आज बेलुकीदेखि पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्र्दै महादीपदान गर्नेको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष बालाचतुर्दशीको अघिल्लो बेलुकीदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरु भएको थियो ।

त्रयोदशीको बिहानैदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बालेका छन् । महादीपदानले पशुपति क्षेत्र नै उज्यालो देखिएको छ । रातभर धेरै भक्तजन दीप बालेर पशुपति क्षेत्रमा जाग्राम बस्छन् । महादीप दानसँगै पशुपति क्षेत्रमा लाखौँ भक्तजनको मेला लागेको छ ।

रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै बागमती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने प्रचलन छ ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । शुक्रबार रातभर दीपदान गरी बसेका भक्तजनले शनिबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले सोहीअनुसार पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ११ : ०० बजे

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको

नारायणगढ-मुग्लिन सडक खण्डमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी