प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस « Khabarhub

प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त प्रतिनिधि सभाको सचिवमा हर्कराज राईको नाम सिफारिस भएको छ ।

सभामुख देवराज घिमिरेले झापाको शिवसताक्षी गाउँपालिक-२ निवासी राईलाई आइतबार प्रतिनिधि सभाको सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन्।

राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको सल्लाहकारका रुपमा कार्यरत छन्।

प्रतिनिधिसभाको सचिव बनेको ५ महिनामै अधिकारीले मंसिर ९ मा राजीनामा दिएपछि १ महिनादेखि प्रतिनिधिसभाको सचिव पद रिक्त छ ।

राईले सार्वजनिक प्रशासनमा एमफील, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

नेपाल सरकारका पूर्वसचिवसमेत रहेका अधिकारीले नियुक्तिको ५ महिनामै राजीनामा दिएका थिए । उनलाई संसद् सचिवालयको भावी महासचिवका रुपमा हेरिएको थियो ।

उनलाई २०८१ जेठ १८ गते प्रतिनिधि सभाको सचिवमा नियुक्त गरिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका थिए ।

पद्मप्रसाद पाण्डेय संघीय संसद्‍को महासचिव भएपछि रिक्त सचिव पदमा उनी नियुक्त भएका थिए । उनलाई तत्कालीन भागबन्डाका क्रममा कांग्रसको कोटाबाट सचिव बनाइएको थियो । वर्तमान महासचिव पाण्डेयलाई एमालेको जोडबलमा अघि बढाइएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १२ : ५० बजे

टी-२० विश्वकप : टीसीएलले सार्वजनिक गर्‍यो दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित

आयोगमा निवेदन दिएर फर्किए गगनसहितका नेता (तस्बिरहरू)

काठमाडौं– गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनु पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व