क्रान्तिकारीमा एकपछि अर्को विवाद, उमेरहदको मतगणनामा पनि किचलो « Khabarhub

क्रान्तिकारीमा एकपछि अर्को विवाद, उमेरहदको मतगणनामा पनि किचलो


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको महाधिवेशनमा देखिएको विवाद थामिएको छैन ।

संगठनको राष्ट्रिय सम्मेलनको मतगणनाका क्रममा फेरि विवाद देखिएको हो । नयाँ विवादका कारण क्रान्तिकारीको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना स्थगित भएको छ।

क्रान्तिकारीको मतगणनामा विवाद भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो।

गत असोज १० गतेदेखि सुरू भएको राष्टिय सम्मेलन उमेर हदसबन्धी विवाद बढेपछि स्थगित भएको थियो ।

विवाद मिलाउन शनिबार निर्वाचन गरिएको थियो । तर तर त्यो पनि विवादमा परेपछि अन्तिम समयमा अनिश्चतकाललाई मतगणना स्थगित गरिएको हो ।

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लगाउने या नलगाउने भन्ने निर्णय गर्न शनिबार मतदान भएको थियो । मुख्यतयाः बैतडी, दाङ र गुल्मीमा विवाद भएको छ ।

निर्वाचन समितिले भने निर्वाचनका कागजात प्राप्त हुन बाँकी रहेकाले मतगणना स्थगित गरिएको जनाएको छ ।

‘गैह्रभूगोल जिल्लाहरूका मतदान केन्द्रबाट निर्वाचनसम्बन्धी कागजपत्र प्राप्त हुन बाँकी छ’, निर्वाचन समितिले भनेको छ, ‘ती कागजातहरू प्राप्त भएपछि मात्रै गणनाले पूर्णता पाउने हुँदा तत्पश्चात मतपरिणाम सार्वजनिक गरिने छ ।’

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १ : ५६ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि