एमालेबाट निलम्बित टोपबहादुरसँगै राखियो बिन्दा र उषाकिरणको नाम « Khabarhub

एमालेबाट निलम्बित टोपबहादुरसँगै राखियो बिन्दा र उषाकिरणको नाम


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही पुस ११ गते ६ महिने निलम्बनमा परेका स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको नाम टोपबहादुर रायमाझीसँगै राखिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हाल केन्द्रीय कारागारमा थुनामा रहेका एमालेका सचिव राईलाई तत्कालै पार्टीबाट निलम्बन गरिएको थियो ।

सचिव पदबाट निलम्बनमा रहेका रायमाझीकै लहरमा बिन्दा र उषाकिरणको नाम एमालेले आफ्नो वेबसाइटमा अपडेट गरेको हो । ६ महिना निलम्बन गर्ने निर्णय कार्यान्वयनका क्रममा एमालेले आफ्नो वेबसाइटमा सीपीएनयुएमएल डट ओआरजीमा दुवैको नाम टोपबहादुरसँगै राखिएको हो ।

स्थायी समितिका सदस्यहरूको सूचीबाट बिन्दाको नाम र केन्द्रीय कमिटीबाट उषाको नाम हटाएर निलम्बनमा राखिएको हो ।

एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले दिएको दाने जग्गाबारे सार्वजनिक असहमति प्रकट गरेपछि दुवै नेतृलाई कात्तिक ४ स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै हालैको सचिवालय बैठकले दुवैलाई ६ महिना निलम्बन गरेको हो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ३ : १७ बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता