एमालेबाट निलम्बित टोपबहादुरसँगै राखियो बिन्दा र उषाकिरणको नाम « Khabarhub

एमालेबाट निलम्बित टोपबहादुरसँगै राखियो बिन्दा र उषाकिरणको नाम


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही पुस ११ गते ६ महिने निलम्बनमा परेका स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको नाम टोपबहादुर रायमाझीसँगै राखिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हाल केन्द्रीय कारागारमा थुनामा रहेका एमालेका सचिव राईलाई तत्कालै पार्टीबाट निलम्बन गरिएको थियो ।

सचिव पदबाट निलम्बनमा रहेका रायमाझीकै लहरमा बिन्दा र उषाकिरणको नाम एमालेले आफ्नो वेबसाइटमा अपडेट गरेको हो । ६ महिना निलम्बन गर्ने निर्णय कार्यान्वयनका क्रममा एमालेले आफ्नो वेबसाइटमा सीपीएनयुएमएल डट ओआरजीमा दुवैको नाम टोपबहादुरसँगै राखिएको हो ।

स्थायी समितिका सदस्यहरूको सूचीबाट बिन्दाको नाम र केन्द्रीय कमिटीबाट उषाको नाम हटाएर निलम्बनमा राखिएको हो ।

एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङले दिएको दाने जग्गाबारे सार्वजनिक असहमति प्रकट गरेपछि दुवै नेतृलाई कात्तिक ४ स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै हालैको सचिवालय बैठकले दुवैलाई ६ महिना निलम्बन गरेको हो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ३ : १७ बजे

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित

कुलमान र बब्लु निर्वाचन लड्न तम्तयार, अन्योलमा जगदीश र ओमप्रकाश

काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा सक्रिय मन्त्रीहरूको राजीनामा