श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन « Khabarhub

श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम अनुमोदन


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्को संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा प्रस्तावित पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ गर्दै उनको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो । समितिमा प्रस्तावित राजदूतको सुनुवाइ पछि सर्वसम्मतले अनुमोदन गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

सभापति न्यौपानेले समावेशीताका आधारमा राजदूत नियुक्त गर्न यसअघि ध्यानाकर्षण गराएपछि सरकारले त्यसलाई सकारात्मक रूपमा लिएर त्यही अनुसारको सिफारिस गरेको भन्दै धन्यवाद दिइन् । आगामी दिनमा पनि संविधानको भावना अनुसार समावेशीताका आधारमा सिफारिस हुने उनको विश्वास छ ।

त्यसअघि संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत नेपालीले श्रीलंकासँग आर्थिक कूटनीतिलाई अघि बढाउने र मुलुकको आर्थिक विकासका लागि भूमिका खेल्ने बताए। त्यस्तै उनले धार्मिक पर्यटन वृद्धि गर्न पनि श्रीलंकामा आवश्यक काम गर्ने जिकिर गरे  ।

संसदीय समितिले प्रस्तावित राजदूतको नाम अनुमोदन गरेसँगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ३ : ४९ बजे

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान्, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासन ?

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको