फिल्म ‘कार्साङ’को नयाँ गीत ‘सात भञ्जाङ’मा दयाहाङको नृत्य | Khabarhub Khabarhub

फिल्म ‘कार्साङ’को नयाँ गीत ‘सात भञ्जाङ’मा दयाहाङको नृत्य


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुस २६ बाट प्रदर्शनमा आउने फिल्म ‘कार्साङ’को नयाँ गीत ‘सात भञ्जाङ’ सार्वजनिक भएको छ ।

निर्माण पक्षले शनिबार फिल्मका मुख्य नायक दयाहाङ राई र डेब्यू नायिका सिर्जना निङलेखुको अभिनय रहेको गीत सार्वजनिक गरेको हो ।

यो गीतमा स्वर एडी योडी र रेश्मा पुन मगरको रहेको छ । शब्द भने डीपी खनालको रहेको छ ।

गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । शेर्पा समुदाय र राई समुदायको कल्चर गीतमा प्रष्ट देखिन्छ । गीतमा यी दुवैको नृत्य देख्न सकिन्छ ।

यम शेर्पाको डेब्यू निर्देशन रहेने यस फिल्ममाले ग्रामीण परिवेशमा आधारित पारिवारिक कथा प्रस्तुत गर्ने बताइएको छ । कथा पनि निर्देशक शेर्पा आफैँले लेखेका हुन् ।

फिल्ममा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।

हेर्नुहोस भिडियो :

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : ३६ बजे

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – युक्रेनलाई शक्तिशाली हतियार प्रदान गर्ने तथा ५० दिन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन