नेपाल टेलिकमले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत के के गर्‍यो? | Khabarhub Khabarhub

नेपाल टेलिकमले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत के के गर्‍यो?


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

टेलिकमले विगतका आर्थिक वर्षदेखि नै सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यसमेत गर्दै आएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विज्ञप्तिमा उल्लेख भए अनुसार कम्पनीले गरेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका मुख्य कार्यहरू निम्नअनुसार छन् :

हरियाली संरक्षण तथा वृक्षारोपण 
टेलिकमले माइतीघरदेखि तीनकुनेसम्मको सडकमा हरियाली संरक्षण तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस अन्तर्गत मौसमी फूलका बिरुवाहरू रोप्ने, रुखहरू तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्नेलगायतका क्रियाकलाप सञ्चालन गरिएका थिए ।

विद्यालयमा भौतिक तथा शैक्षिक सामग्री वितरण 
टेलिकमले नेपाल भरिका सरकारी तथा सामुदायिक विद्यालयमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुटलगायतका भौतिक तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराएको छ ।

साथै देशभरका २० जिल्लाका १/१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्य सामग्री सानिटरी प्याड भेन्डिङ मेसिन उपलब्ध गराइएको छ ।

वातावरण सरसफाइ
धार्मिक मठ मन्दिर, पुरातात्त्विक एवम् पर्यटकीय स्थल, बसपार्क, पार्क तथा बगैँचालगायतका सार्वजनिक स्थलमा डस्टवीन वितरण गरिएको छ ।

वृद्धाश्रम, बालआश्रमलगायतका संरक्षण स्थलमा सहयोग
सात वटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम लगायतका सामुदायिक केन्द्रमा भोजन एवम् न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ ।

अस्पतालमा बेड कम चेयर वितरण
वीर अस्पताललगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाका लागि बेड कम चेयर उपलब्ध गराएको छ ।

विद्यालयमा इन्टरनेट सेवा
विद्यालयमा पठनपाठनका लागि एफटीटीएच सेवा पुगेका देशभरका विभिन्न १०० सरकारी तथा सामुदायिक विद्यालयहरुमा ५० एमबीपीएस गतिको एफटीटीएच इन्टरनेट १ वर्ष सम्मका लागि निःशुल्क उपलब्ध गराएको छ।

त्यसैगरी एफटीटीएच सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० ओटा सरकारी तथा सामुदायिक विद्यालयमा १ वर्षसम्मका लागि नमस्ते वाइफाइ (डब्लुबीबी) राउटरसहितको फोरजी इन्टरनेट प्याकेज निःशुल्क उपलब्ध गराएको छ।

एसईई तयारी गरिरहेका विद्यार्थीलाई सहयोग
एसईई परीक्षा तयारी गरिरहेका विद्यार्थीलाई अनलाइन माध्यमबाट निःशुल्क रूपमा पढ्न पाउने व्यवस्था मिलाएको छ ।

अन्य कार्यक्रमहरू

– फरक क्षमता भएका व्यक्तिलाई छुट्टै प्याकेजसहितको नि:शुल्क प्रिपेड सिमकार्ड वितरण

– नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संस्थाहरूको सिफारिसमा विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा निःशुल्क कलर रिङ्गटोनको प्रसारण कार्य

– गणतन्त्र दिवस, संविधान दिवस लगायतका पर्व, अभियान, सम्मेलन तथा प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारी मूलक सन्देशन निःशुल्क एसएमएसमार्फत प्रवाह

– जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि ब्ल्याङ्केट, टेन्ट लगायतका राहत सामग्री उपलब्ध गराइएको छ।

– गत असोजको पहिरो तथा डुबान पीडितहरूलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ६ : २६ बजे

अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक

चितवन– अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा

खोटेहाङमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकामा छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

कांग्रेस नेता शेखर कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद (वेस्ट मिनिस्टर)

चिसो बढेपछि सुनसान बन्दै ढोरपाटन

बागलुङ– चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ ।

धार्मिक तथा प्राकृतिक स्थल कालिञ्चोक भगवती (तस्बिरहरू)

दोलखा– दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक