मकवानपुरमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु « Khabarhub

मकवानपुरमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरस्थित भित्री सडकमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २९४६ नं को जिपको ‘ब्रेक फेल’ भई सडकबाट झण्डै चार मिटर तल खस्दा कैलाश गाउँपालिका–३ का ५६ वर्षीय सन्तबहादुर गोम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गोम्बाको उपचारका क्रममा मनहरी अस्पतालमा मृत्यु भएको हो । उक्त जिपमा आठ जना सवार थिए । अन्य यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ । जिप चालक फरार रहेका छन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ७ : १७ बजे

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी