बैतडीमा निस्सासिएर एक मजदुरको मृत्यु « Khabarhub

बैतडीमा निस्सासिएर एक मजदुरको मृत्यु


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

बैतडी – निस्सासिएर बैतडीमा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिका–६ का ३७ वर्षीय पुनाराम थारू रहेको प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका थारू कोइला बालेर कोठामा सुतेका थिए । अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

थारूको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । कोइला बालेर सुतेको हुनाले थारूको निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

यसअघि गत मङ्सिर २१ गते पनि पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत एक विद्यार्थीको निस्सासिएर मृत्यु भएको थियो । कोइला बालेर कोठामा सुतेका सुर्नया गाउँपालिका–५ धुलिधारका १४ वर्षीय अपिल बिष्टको मृत्यु भएको थियो ।

यसैबीच, चट्याङ लागेर बैतडीमा एकै वडामा सात पशुचौपाया मरेका छन् । सुर्नया गाउँपालिका–६ धुलिधार र खर्काधार टोलमा चट्याङले क्षति पु¥याएको हो । आज दिउँसो परेको चट्याङले सुर्नया गाउँपालिका–६ खर्काधारका प्रकाश अवस्थीको एउटा भैँसी मरेको छ भने धुलिधारमा ६ ओटा पशुचौपाया मरेका छन् ।

धुलिधारमा स्थानीय पदमराज अवस्थीको एउटा बाख्रो र एक बाच्छो, कृष्णदत्त अवस्थीको एक गोरु, हरिदत्त अवस्थीको एक बाख्रो, लिलाधर अवस्थीको एक बाख्रो र दामोदर अवस्थीको एक राँगो मरेको प्रहरी प्रवक्ता पाण्डेयले बताए ।

यस्तै, शनिबार चट्याङ लागेर घाइते भएका शिवनाथ–२ पोखराका चारजना उपचारपछि घर फर्किएका छन् । स्थानीय गोपाल दमाईंको घरमा चट्याङ पर्दा उनकी श्रीमती ३५ वर्षीया पवानी, बुहारी २० वर्षीया कविता, १३ वर्षीय छोरा लोक र ११ वर्षीया छोरी लक्ष्मी घाइते भएका थिए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : ४५ बजे

भृकुटीमण्डपमा एमाले नेता कार्यकर्ताको चहलपहल (तस्बिर)

काठमाडौं – नेकपा (एमाले) को ११ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ– मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको

बागलुङको बेलढुङ्गा घरबासमा पाहुनाको ‘कोदोको सेलरोटी’

बागलुङ– पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

बन्दसत्र रोकेर ओलीले किन बोलाए एमाले केन्द्रीय कमिटी बैठक ?

काठमाडौं – पार्टीको ११ औं महाधिवेशनको बन्दसत्र रोकेर एमाले अध्यक्ष

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेको बन्दसत्र सर्‍यो

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा