बैतडीमा निस्सासिएर एक मजदुरको मृत्यु « Khabarhub

बैतडीमा निस्सासिएर एक मजदुरको मृत्यु


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

बैतडी – निस्सासिएर बैतडीमा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिका–६ का ३७ वर्षीय पुनाराम थारू रहेको प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका थारू कोइला बालेर कोठामा सुतेका थिए । अचेत अवस्थामा फेला परेका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

थारूको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । कोइला बालेर सुतेको हुनाले थारूको निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

यसअघि गत मङ्सिर २१ गते पनि पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत एक विद्यार्थीको निस्सासिएर मृत्यु भएको थियो । कोइला बालेर कोठामा सुतेका सुर्नया गाउँपालिका–५ धुलिधारका १४ वर्षीय अपिल बिष्टको मृत्यु भएको थियो ।

यसैबीच, चट्याङ लागेर बैतडीमा एकै वडामा सात पशुचौपाया मरेका छन् । सुर्नया गाउँपालिका–६ धुलिधार र खर्काधार टोलमा चट्याङले क्षति पु¥याएको हो । आज दिउँसो परेको चट्याङले सुर्नया गाउँपालिका–६ खर्काधारका प्रकाश अवस्थीको एउटा भैँसी मरेको छ भने धुलिधारमा ६ ओटा पशुचौपाया मरेका छन् ।

धुलिधारमा स्थानीय पदमराज अवस्थीको एउटा बाख्रो र एक बाच्छो, कृष्णदत्त अवस्थीको एक गोरु, हरिदत्त अवस्थीको एक बाख्रो, लिलाधर अवस्थीको एक बाख्रो र दामोदर अवस्थीको एक राँगो मरेको प्रहरी प्रवक्ता पाण्डेयले बताए ।

यस्तै, शनिबार चट्याङ लागेर घाइते भएका शिवनाथ–२ पोखराका चारजना उपचारपछि घर फर्किएका छन् । स्थानीय गोपाल दमाईंको घरमा चट्याङ पर्दा उनकी श्रीमती ३५ वर्षीया पवानी, बुहारी २० वर्षीया कविता, १३ वर्षीय छोरा लोक र ११ वर्षीया छोरी लक्ष्मी घाइते भएका थिए ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : ४५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ