बढ्दै पाकिस्तानभित्रको आन्तरिक तनाव « Khabarhub

बढ्दै पाकिस्तानभित्रको आन्तरिक तनाव


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगान तालिवानले छिमेकी मुलुक पाकिस्तानका धेरै स्थानमा हमला गरेको अफगानिस्तानको रक्षामन्त्रालयले जनाएको छ । यो घटना केही दिनअघि पाकिस्तानले अफगान भूमिमा हवाई आक्रमण गरेपछि भएको हो ।

अफगानिस्तानको रक्षामन्त्रालयले शनिवार जारी गरेको विज्ञप्तिमा पाकिस्तानलाई प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि ‘काल्पनिक रेखाभन्दा पर’ रहेको क्षेत्रलाई लक्ष्य गरेको जनाइएको छ । अफगान अधिकारीहरूले पाकिस्तानसँगको विवादित सिमाना ड्युरेन्ड रेखालाई काल्पनिक रेखा भन्ने गरेका छन् ।

अफगान रक्षामन्त्रालयका प्रवक्ता एनायतुल्लाह ख्वाराज्मीले विज्ञप्तिमार्फत भनेका छन्, ‘हामी यो क्षेत्रलाई पाकिस्तानको भूभाग मान्दैनौं त्यसैले सिमाना पुष्टि हुँदैन । त्यसैले हामीले काल्पनिक रेखा पारिपट्टि हमला गरेका हौँ ।’

विज्ञप्तिमा थप भनिएको छ,‘काल्पनिक रेखाभन्दा पर रहेका केही स्थानमा अफगानिस्तानविरुद्ध हमला गर्ने तत्व र तिनका समर्थकहरू सक्रिय थिए । ती स्थानलाई दक्षिणपूर्वी दिशाबाट प्रतिकार गरिएको छ ।’

ड्युरेन्ड रेखा १९औं शताब्दीमा ब्रिटिश उपनिवेशकालमा कोरिएको विवादास्पद सीमा हो, जसलाई अफगानिस्तानले दशकौँदेखि अस्वीकार गर्दै आएको छ ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग र विदेश मन्त्रालयले यो घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, सुरक्षा स्रोतका अनुसार, सीमा क्षेत्र खैबर पख्तुनख्वा र अफगानिस्तानको खोस्त प्रान्तबीच भएको झडपमा एक जना पाकिस्तानी सैनिकको मृत्यु भएको र सात जना घाइते भएका छन् ।

पाकिस्तानले यसअघि अफगान भूमिमा रहेको लडाकूको अड्डालाई लक्षित गरेको दाबी गरेको थियो । तर, अफगान तालिवानले ४६ जना निर्दोष व्यक्तिहरूको ज्यान जाने गरी हमला गरेको आरोप लगाउँदै प्रत्याक्रमंग अर्ने गम्भीर चेतावनी दिएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले तालिवानसँग सम्बन्ध सुधार्ने चाहना व्यक्त गरे पनि पाकिस्तानमा हुने तहरीक(ए(तालिवान पाकिस्तानका आक्रमणप्रति कडा आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : ३५ बजे

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी