बढ्दै पाकिस्तानभित्रको आन्तरिक तनाव « Khabarhub

बढ्दै पाकिस्तानभित्रको आन्तरिक तनाव


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगान तालिवानले छिमेकी मुलुक पाकिस्तानका धेरै स्थानमा हमला गरेको अफगानिस्तानको रक्षामन्त्रालयले जनाएको छ । यो घटना केही दिनअघि पाकिस्तानले अफगान भूमिमा हवाई आक्रमण गरेपछि भएको हो ।

अफगानिस्तानको रक्षामन्त्रालयले शनिवार जारी गरेको विज्ञप्तिमा पाकिस्तानलाई प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि ‘काल्पनिक रेखाभन्दा पर’ रहेको क्षेत्रलाई लक्ष्य गरेको जनाइएको छ । अफगान अधिकारीहरूले पाकिस्तानसँगको विवादित सिमाना ड्युरेन्ड रेखालाई काल्पनिक रेखा भन्ने गरेका छन् ।

अफगान रक्षामन्त्रालयका प्रवक्ता एनायतुल्लाह ख्वाराज्मीले विज्ञप्तिमार्फत भनेका छन्, ‘हामी यो क्षेत्रलाई पाकिस्तानको भूभाग मान्दैनौं त्यसैले सिमाना पुष्टि हुँदैन । त्यसैले हामीले काल्पनिक रेखा पारिपट्टि हमला गरेका हौँ ।’

विज्ञप्तिमा थप भनिएको छ,‘काल्पनिक रेखाभन्दा पर रहेका केही स्थानमा अफगानिस्तानविरुद्ध हमला गर्ने तत्व र तिनका समर्थकहरू सक्रिय थिए । ती स्थानलाई दक्षिणपूर्वी दिशाबाट प्रतिकार गरिएको छ ।’

ड्युरेन्ड रेखा १९औं शताब्दीमा ब्रिटिश उपनिवेशकालमा कोरिएको विवादास्पद सीमा हो, जसलाई अफगानिस्तानले दशकौँदेखि अस्वीकार गर्दै आएको छ ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग र विदेश मन्त्रालयले यो घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, सुरक्षा स्रोतका अनुसार, सीमा क्षेत्र खैबर पख्तुनख्वा र अफगानिस्तानको खोस्त प्रान्तबीच भएको झडपमा एक जना पाकिस्तानी सैनिकको मृत्यु भएको र सात जना घाइते भएका छन् ।

पाकिस्तानले यसअघि अफगान भूमिमा रहेको लडाकूको अड्डालाई लक्षित गरेको दाबी गरेको थियो । तर, अफगान तालिवानले ४६ जना निर्दोष व्यक्तिहरूको ज्यान जाने गरी हमला गरेको आरोप लगाउँदै प्रत्याक्रमंग अर्ने गम्भीर चेतावनी दिएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले तालिवानसँग सम्बन्ध सुधार्ने चाहना व्यक्त गरे पनि पाकिस्तानमा हुने तहरीक(ए(तालिवान पाकिस्तानका आक्रमणप्रति कडा आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : ३५ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको