भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने, खोल्लान् त नयाँ पार्टी ? « Khabarhub

भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने, खोल्लान् त नयाँ पार्टी ?


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको राजनीतिबाट बिदा भएका डा. भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।

उनले आफ्ना कुराहरू राख्न र भावी कार्ययोजना बारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको रावलका सचिवालय सदस्य गोविन्द दुवालले जानकारी दिए ।

नयाँ पार्टी खोल्ने वा कसरी अघि बढ्ने भन्ने सवालमा रावल अहिले विभिन्न व्यक्तिसँग टोखा नगरपालिकास्थित आफ्नै निवासमा छलफलमा छन् ।

नयाँ पार्टी खोल्ने योजना बुधबार नै घोषणा हुँदैन । उहाँ छलफलमै हुनुहुन्छ । दुवालले खबरहबलाई भने, ‘भावी कार्ययोजना र अहिलेसम्म उहाँप्रति भएका पार्टीको गतिविधिबारे बुधबार जनकारी गराउनुहुन्छ ।’

शुभचिन्तक लगायत मानिस बोलाएर पत्रकार सम्मेलन गर्ने या मिडियालाई मात्र बोलाएर गर्ने भन्नेबारेमा मंगलबार मात्र निर्णय हुने बताइएको छ ।

एमालेमा चार दशकभन्दा लामो योगदान दिएका रावल चितवनमा भएको दशौँ महाधिवेशनबाट एमालेमा किनाराकृत भएका थिए ।

खास गरी चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएदेखि उनी किनाराकृत हुन थालेका थिए ।

एमालेमा किनाराकृत भएका रावल सुदूरपश्चिम र कर्णालीमा एक्लै आफ्ना गतिविधि गरिरहेका थिए । तर, एमालेले शृङ्खलाबद्ध दर्जनौँ आरोप लगाउँदै गत बुधबार सङ्गठित सदस्यताबाट मुक्त गरेको थियो ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  १२ : ४७ बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध