मुलुक महाशक्ति राष्ट्रहरूको क्रिडास्थल बन्ने खतरा : कमल थापा | Khabarhub Khabarhub

मुलुक महाशक्ति राष्ट्रहरूको क्रिडास्थल बन्ने खतरा : कमल थापा


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक महाशक्ति राष्ट्रहरूको रणनीतिक क्रिडास्थल बन्ने खतरा रहेको टिप्पणी गरेका छन् ।

राप्रपा नेपालको राजनीतिक विभागले आयोजना गरेको स्वर्गीय राजा वीरेन्द्रको बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठीमा बोल्दै थापाले देशका सबै क्षेत्र लथालिङ्ग र भताभुङ्ग भएको दुरावस्थाको फाइदा उठाउँदै विदेशी दबाब र प्रभाव बढ्न थालेको जिकिर गरेका छन् ।

लोकतन्त्रको आवरणमा ब्रम्हलुट भइरहेको चर्चा गर्दै थापाले आर्थिक सङ्कट, भ्रष्टाचार, बेरोजगार, धर्म परिवर्तन लगायतका विषय अहिलेको डरलाग्दो महारोग बनेको समेत बताएका छन् । राष्ट्रवादी शक्तिहरू एकजुट भएर व्यवस्था र अवस्था बदल्न लाग्नुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा नेकपा मालेका महासचिव सीपी मैनालीले देश जोगाउन राष्ट्रियताको संरक्षण गर्न अब सबै बिउँझनुपर्ने बताए । उनले स्वार्थका लागि विदेशी हैकम सहनेहरू राष्ट्रवादी देशभक्त हुन नसक्ने बताए ।

कार्यक्रममा राप्रपाका नेता हरिबहादुर बस्नेत, पूर्वमन्त्री दीपक ज्ञवालीले स्वर्गीय राजा वीरेन्द्रको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ९ : ३९ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित