यू-१९ विश्वकप : आज सुपर सिक्सका तीन खेल, बुधबार नेपालको प्रतिस्पर्धा बंगलादेशसँग « Khabarhub

यू-१९ विश्वकप : आज सुपर सिक्सका तीन खेल, बुधबार नेपालको प्रतिस्पर्धा बंगलादेशसँग


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकपको सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछन् । पहिलो दिन तीन खेल हुँदैछन् । पहिलो दिन भारत-न्युजिल्याण्ड, श्रीलंका-वेस्ट इन्डिस, आयरल्याण्ड-पाकिस्तान गरेर तीन खेलमा प्रतिस्पर्धा हुँदैछ ।

नेपालले सुपर सिक्सको पहिलो खेल माघ १७ गते बुधबार बंगलादेशसँग खेल्नेछ। यो खेल भोलि (बुधबार) दिउँसो १ बजेर ४५ मिनेटमा सुरु हुनेछ । दोस्रो खेलमा माघ १९ गते नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो। समूह ‘डी’मा पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेका छन्।

नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार खाएको थियो। सनसनीपूर्ण बनेको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो।

समूह चरणपछि सुपर सिक्स भनिए नेपालसहित १२ टिम सहभागी छन्। सुपर सिक्समा नेपाल, भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा समूह बनेको छ भने अर्को समूहमा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन्।

दुई सुपर सिक्सका शीर्ष दुईदुई टिम विश्वकपको सेमिफाइनल प्रवेश गर्नेछन्। सुपर सिक्समा समूह चरणको अंकसमेत गणना हुने प्रावधान छ।

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू-१९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई पटक उपाधि जितेको छ । बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक-एक पटक उपाधि जितेका छन्।

यू-१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ। यो पटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो। अहिले टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्स प्रवेश गर्नु नेपालका लागि उपलब्धि मानिएको छ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : ४१ बजे

प्रधानमन्त्रीको अनुरोधअनुसार राष्ट्रपतिले गणतन्त्र दिवसमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अनुरोधपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ गते

प्रधानमन्त्रीले भोलि ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले भोलि नेपालका लागि नियुक्त युरोपेली सङ्घ

चीनको नयाँ अन्तरिक्ष यात्रा

एजेन्सी– चीनले आफ्नो अन्तरिक्ष महत्त्वाकांक्षालाई नयाँ चरणमा पुर्‍याउने प्रयासस्वरूप आइतबार

काठमाडौं उपत्यकासहित देशभर बढ्यो गर्मी

काठमाडौं– केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा अत्यधिक गर्मी

सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार

किमाथांका– सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको