निमोनियाको जोखिम र बच्ने उपाय | Khabarhub Khabarhub

निमोनियाको जोखिम र बच्ने उपाय


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निमोनिया भनेको फोक्सोमा हुने संकमण हो। निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हान्ने हुन्छ। कडा निमोनियाले मानिसको मृत्युसमेत हुनसक्छ। विश्वमा प्रत्येक वर्ष झण्डै एक करोड बालबलिकाको मृत्य निमोनिया, झाडापखला, दादुरा, मलेरिया, एचआईभी एड्स तथा कुपोषण जस्ता रोगबाट हुने गर्दछ। एक तथ्याङ्क अनुसार संसारभर करिब १६ लाख बालबालिकाको निमोनियाबाट मात्र मृत्यु भएको देखिन्छ। निमोनियाले प्रति वर्ष विश्वभर १५ करोड ५० लाख बालबालिका बिरामी पर्दछन्। निमोनिया हुनुको मुख्य कारण के हो ? लक्षण के–के हुन् ? र उपचार विधि के छ भन्ने विषयमा ओम अस्पतालमा कार्यरत छातीरोग विशेषज्ञ डा. दीपा श्रेष्ठसँग गरिएको कुराकानीः

निमोनिया हुनुको मुख्य कारण के हो ?
सामान्य भाषामा बुझ्दा छातीको इन्फेक्शनलाई निमोनिया भनिन्छ। यसको मुख्य कारण इन्फेक्शन नै हो। ब्याक्टेरियादेखि लिएर विभिन्न कारणले निमोनिया हुनसक्छ ।

लक्षण के–के हुन् ?
ज्वरो आउने, खोकी लाग्ने, पाकेको खकार आउने, कसै–कसैको खकारमा रगत आउने, छाती दुख्ने सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिए निमोनिया भएको होकी भनेर शंका गर्न सकिन्छ।

कुन उमेर समूहलाई निमोनियाको जोखिम धेरै हुन्छ ?
सबैखाले उमेर समूहका व्यक्तिलाई निमोनिया हुन्छ। तर धेरै उमेर भइसकेका दीर्घ रोग जस्तै सुगर, प्रेसर, लिभरका र पाँच वर्ष मुनिका बच्चामा यसको जोखिम धेरै हुन्छ।

बच्चा र ठुलो मान्छेमा हुने निमोनियामा के फरक छ ?
लक्षण त बच्चा र ठुलो मान्छेमा उस्तै हुन्छन्। किटाणु फरक हुनसक्छन्। जस्तै बच्चामा फोक्सोको इन्फेक्सनका कारण हुने निमोनिया धेरै हुन्छ भने ठुलो मान्छेमा ढुसीका कारण हुनसक्छ।

यसको जोखिम चिसो मौसममा धेरै हुने हो ?
चिसो मौसममा चिसो सँगसँगै वायु प्रदुषण बढ्ने, रोग प्रतिरोधात्मक क्षमता कम हुने, रगतको नलीहरु पनि जाम हुने लगायतका कारणले जोखिम अलि धेरै हुन्छ।

निमोनिया भइसकेपछि बिरामी कस्तो अवस्थामा अस्पताल आउनुपर्ने हो र अहिले कस्तो अवस्थामा आइरहेका छन् ?
ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण देखिने बित्तिकै उपचारमा आउँदा राम्रो हुन्छ। यस्ता लक्षण देखिए भने घरेलु उपचार गर्ने या मेडिकलबाट आफै औषधी ल्याएर खाने काम गर्नुहुँदैन। अहिले उपचारमा आउने बिरामीमा कोही त समयमै आउनुहुन्छ। कोही अत्यन्तै जटिल अवस्थामा आउनुहुन्छ। कसै–कसैलाई आइसीयुमा भर्ना गर्नुपर्ने पनि हुन्छ।

उपचार विधि के छ ?
कुन किटाणुका कारण निमोनिया भएको हो भनेर पहिला थाहा हुनुपर्छ। त्यो अनुसारको औषधि प्रयोग गर्नुपर्छ। कुनै मौसमी फ्लुका कारणले भएको हुनसक्छ। त्यसैले भाइरल ज्वरो, कोभिड लगायत सबैकुरा जाँच गरेर त्यो अनुसारको उपचार गरिन्छ।

बच्चामा हुने निमोनियाले फोक्सोमा असर गर्ने सम्भावना हुन्छ कि हुँदैन ?
सबैलाई हुन्छ भन्ने छैन। बारम्बार निमोनिया हुने समस्या भइरह्यो भने पछि फोक्सोमा असर गर्ने जोखिम हुन्छ।

निमोनियाबाट बच्न के गर्ने ?
न्यानो लुगा लाउने, हाइजेनिक खाना खाने, जंकफुड नखाने, जोखिम समूह जस्तै ५ वर्षमुनिका बालबालिका, दीर्घ रोगीले विशेष ध्यान दियौं भने केही हदसम्म निमोनियाबाट बच्न सकिन्छ।

पछिल्लो समय निमोनियाकै लागि भनेर खोप पनि लगाउने गरिएको छ यो कत्तिको प्रभावकारी छ ?
निमोकोकल र इन्फ्लुएञ्जा गरेर दुई किसिमका खोप अहिले लगाउने गरिएको छ। निमोकोकल बालबालिकालाई लगाइन्छ। त्यस्तै जोखिम समूह बाथ, दम सुगरका बिरामीलाई लगाइन्छ। यसले निमोनिया लाग्नै नदिने होइन तर भइहाल्यो भने जोखिम कम गर्ने काम गर्छ।

छातीरोग विशेषज्ञ डा. दीपा श्रेष्ठसँगको कुराकानीः

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ८ : २५ बजे

उत्तरगङ्गाले बगाएका रामबहादुर मृत भेटिए

बागलुङ – उत्तरगङ्गा नदी तर्ने क्रममा बेपत्ता भएका रामबहादुर विक

देशभरका नौ सडकखण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा

काठमाडौं – बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौवटा सडकखण्ड पूर्ण

रसियन टोलीसँगको दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौं – नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा

सर्वोच्चमा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने पक्राउ

काठमाडौं – सर्वोच्च अदालतमा महिला प्रहरीलाई अभद्र व्यवहार गर्ने एक

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको पार्टी मुख्यालयमा छापा

इस्लामाबाद – सैन्य समर्थित सरकारले राजनीतिक आन्दोलनमा प्रतिबन्ध लगाउने वाचा