किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अवरुद्ध « Khabarhub

किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अवरुद्ध


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सेली किसानहरूले मुख्य शहरका राजमार्गहरू अवरुद्ध गरेका छन् ।

मुद्रास्फीति र सस्तो आयातबाट प्रतिस्पर्धाको चिन्तालाई लिएर सरकारसँग असन्तुष्ट किसानहरूले मुख्य राजमार्गमा ट्रयाक्टर राखेर अवरुद्ध गरे पछि दैनिक जनजीवन कष्टकर बनेको छ । जुन आन्दोलनका कारण फ्रान्सको राजधानी पेरिस वरपरका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेका छन् ।

केही दिनदेिख  फ्रान्सेली किसान प्रदर्शनकारीहरूले राम्रो पारिश्रमिक र थोरै वातावरणीय नियमहरूको माग गरिरहेका छन्, जो नहुदाँ तिनीहरूको जीविकोपार्जनलाई नै असर गरिरहेको उनीहरूले जनाउँदै आएका छन् ।

आन्दोलनरत किसानहरूले पेरिसको महत्त्वपूर्ण सडकका आठ चोक पोइन्टमा अवरुद्ध गरेका छन् ।

यसैबिच, मूल्यवृद्धिबाट बच्न सावधानी अपनाएको सरकारले कृषि डिजेलमा दिइने अनुदान घटाउने योजना बिस्तारै खारेज गर्दै वातावरणीय नियमलाई सहज बनाउने वाचा गरेको छ ।

सरकारले यो पनि भनेको छ कि यसले आफ्नो युरोपेली संघका साथीहरूलाई बाँझो खेती जग्गामा नियमहरू सहज बनाउन सहमत हुन दबाब दिनेछ ।

युरोपियन युनियनका अनुदानहरू प्राप्त गर्नका लागि कृषकहरूले निश्चित सर्तहरू पूरा गर्नुपर्नेछ, जस्तो कि प्रकृति पुनः प्राप्ति गर्न सक्ने गैर उत्पादक क्षेत्रहरूमा ४ प्रतिशत खेतीयोग्य जमिन छुट्याउनु पर्ने आवश्यकता समेत समावेश गरिएको छ।

तर कृषक सङ्गठनहरूले योजनालाई अझ अगाडि बढाउनु पर्ने बताएका छन् । ‘यस चरणमा, हामी के चाहन्छौँ भने सरकार माथि अझ दबाब बढाउनु हो,’ प्रभावशाली किसान युनियनका प्रमुख अर्नाउड रुसोले स्थानीय मिडियासँग भनेका छन् ।

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ५५ बजे

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा