शहीद दिवसको प्रेरणा नभुलौँ : ओली | Khabarhub Khabarhub

शहीद दिवसको प्रेरणा नभुलौँ : ओली


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन् ।

शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गरेका चार शहीद प्रति नमन व्यक्त गरे ।

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए ।

आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ११ : ५२ बजे

जीप दुर्घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

बाग्लुङ– बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा रुकुम पूर्वको

ओरियण्टल होटल्स लिमिटेडले ५ प्रतिशत बोनस दिने 

काठमाडौं– ओरियण्टल होटल्स लिमिटेडले बोनस दिने भएको छ । कम्पनीको

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ

एसएसएफमा १० लाख प्रवासी श्रमिक, ९० प्रतिशत बढीले बुझाएनन्‌ दोस्रो किस्ता

काठमाडौं – वैदेशिक रोजगारमा गएकामध्ये हालसम्म १० लाखभन्दा बढी नेपाली

कोशी सरकारमा कांग्रेसको सहभागिता, तीन मन्त्री र एक राज्यमन्त्री थपिए

विराटनगर – कोशी प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्री थप