७० बर्षे उमेरहदबाट किन ‘ब्याक’ भए माधव, झलनाथ ? | Khabarhub Khabarhub

७० बर्षे उमेरहदबाट किन ‘ब्याक’ भए माधव, झलनाथ ?

समाजवादीका युवा भन्छन्– कुरा उठायौँ, तर लागु भएन



काठमाडौं– केही महिना अगाडि नेकपा एकीकृत समाजवादीका ७४ वर्षीय सम्मानित नेता झलनाथ खनालले आफूसँग ३० वर्षे जोस भएको र परी आउँदा अझै राज्यको जिम्मेवारी लिन सक्ने आँट भएको बताएका थिए । उनले आफ्नो पार्टीले तत्काल उमेर हद कायम गर्नका लागि कुनै छलफल नगर्ने स्पष्ट पारेका थिए ।

आइतबार प्रज्ञा भवनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले खबरहबसँग छोटो कुरा गर्दै आफूहरूले एमालेबाट अलग भएपछि युवालाई अगाडि लगाएर हिँडेको बताए ।

पार्टीमा युवाको योगदान र लहर व्यापक भए पनि तत्काल उमेर हद कायम गर्न र पुराना नेतालाई बिदा गर्न युवाहरु नै तयार नभएको नेपालको भनाइ छ ।

नेपाल भन्छन्, ‘युवा पुस्तामा पुराना नेताको आवश्यकता देखियो । हामीले पार्टीमा धेरै काम गर्न बाँकी छ । यहाँहरूका अगाडि हामी सिक्दै जाने हो, भन्नुभयो ।’

बैठकमा युवाहरूले उमेर हदको कुरा उठाए पनि तत्काल कार्यान्वयन नगर्न सबैको सहमति जुटेको पूर्वप्रधानमन्त्री नेपालको तर्क छ । उनी भन्छन्, ‘२० प्रतिशत ४० वर्षभन्दा कम उमेरका युवालाई केन्द्रीय कमिटीमा राखेका छौँ । यसले उहाँहरूको सहभागितालाई जोड्ने छ ।’

आफ्नो पार्टीलाई युवाले साथ नदिएको भए यो उचाइमा पुग्न नसक्ने भन्दै अध्यक्ष नेपालले पनि युवाको भूमिकाको प्रशंसा गरे ।

एमालेबाट अलग हुँदा यो पार्टीले ७० वर्ष पुगेपछि राजनीतिमा उमेर हद लाग्ने कुरा व्यापक रूपमा उठाएको थियो । तर, केही नेताहरूको औचित्य पुष्टि गर्न बाँकी रहेकाले पार्टी अहिले यो निर्णयबाट पछि हटेको नेताहरूको भनाइ छ ।

युवा नेता के भन्छन् ?
नेकपा एकीकृत समाजवादी पार्टीका युवाले पार्टीमा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र उमेर हदको कुरा उठाए पनि प्रस्ताव पारित हुन नसकेको बताएका छन् ।

आइतबार र सोमबार काठमाडौंमा भएको पार्टीको केन्द्रीय परिषद् बैठकमा उमेर हदको कुरा उठाए पनि विभिन्न समस्याले गर्दा पारित हुन नसकेको युवाको भनाइ छ ।

अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष आरती लामाका अनुसार अधिकांश युवाले उमेर हदको कुरा लागु हुनुपर्ने तर्क राखेका थिए ।

उनले खबरहबसँग भनिन्, हामीले व्यापक युवा सहभागिता र उमेर हदबन्दी तोक्नुपर्ने कुरा उडायौं । तर, भरखरै विद्रोह गरेर स्थापित हुँदै गरेको पार्टी भएको हुनाले अहिले सम्भावना भएन ।’ उनले पार्टीमा महिलाको उपस्थितिका विषयमा पनि आफ्नो पार्टी गम्भीर भएको बताइन् ।

यस्तै युवा संघका संयोजक कृष्ण विश्वकर्माले पनि युवा सहभागिता वृद्धि गर्नुपर्ने र उमेर हद ७० वर्षसम्म तोक्नुपर्ने परिषद् बैठकमा कुरा उठाएको बताए ।

उनले भने, ‘हामीले त ४० प्रतिशत ४० भन्दा कम उमेरका युवाको सहभागिता पार्टीको केन्द्रीय तहमा हुनुपर्ने र ७० काटेपछि नेतृत्वबाट बिदा हुनुपर्ने कुरा प्रष्ट राखेका थियौं । तर, तत्काल यो प्रस्ताव पारित गरिहाल्दा पार्टीलाई घाटा हुने डर भयो ।’

यस्तै पार्टीका केन्द्रीय सदस्य तथा अनेरास्ववियू पूर्वअध्यक्ष सुदेश पराजुलीले पनि पार्टी भर्खरै स्थापना भएको र धेरै काम गर्न बाँकी रहेकाले उमेर हद तोक्न नसकेको स्वीकारे । उनले भने, ‘हामीले एमालेबाट विद्रोह गर्दा जुन बाटो रोजेका थियौँ, त्यो बाटोमा हिँड्न अझ ट्रयाक खोल्न बाँकी छ । अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालले यो निर्णय नगरेको भए हामी अभिभावकविहीन हुन्थ्यौं ।’

पराजुली थप्छन्, ‘तर पनि हामीले उमेर हदको कुरा उठायांै तर तत्काल कार्यान्वयन गर्दा पार्टी र देशलाई नै घाटा हुने भएकाले तत्काल ब्याक भयौँ ।’

पार्टीमा अझ जनपक्षीय काम गर्ने बाँकी रहेकाले अहिले उमेर हदको कुरालाई लिएर पार्टीलाई कमजोर बनाउन नमिल्ने उनको तर्क छ ।

यस्तै पार्टीका केन्द्रीय सदस्य वसिम आलमले पनि उमेर हद तत्काल पार्टीमा लागु नहुने प्रष्ट्याए । उनले भने , ‘युवा सहभागिता बढेको छ । पदाधिकारीमा पनि युवा केही प्रतिशत राख्यौँ भनेका छौँ । ७० को उमेर हदबाट तत्काल पछि हटेका छौँ । पार्टी र समाजको विकास र वृद्धिका लागि नै यो नियम लागु गरेका हौं । यदि महाधिवेशनमा प्रक्रिया पुगेका युवा नेतृत्वमा आउन चाहे सहयोग रहन्छ ।’

केन्द्रीय परिषद् बैठकले केन्द्रीय कमिटीमा २० प्रतिशत  ४० वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ  । यस्तै १९ पदाधिकारी र १ सय केन्द्रीय सदस्य रहने व्यवस्था गरेको छ । बैठकले सबै तहका अधिवेशन र महाधिवेशनका प्रतिनिधि तोकिएको क्षेत्रबाट निर्वाचित भएर आउने निर्णय समेत गरेको छ ।

यस्तै जिल्ला कमिटी ५५ देखि प्रत्येक निर्वाचन क्षेत्र बराबर ३ का दरले १ महिला अनिवार्य गरेको छ । पार्टीले सबै तहमा कमिटी गठन गर्दा अनिवार्य निर्वाचन हुने समेत बताएको छ । नेकपा विभाजन भएपछि एमाले अलग भएर २०७८ भदौ २ गते निर्वाचन आयोगबाट आधिकारिक रूपमा नेकपा एकीकृत समाजवादी दर्ता भएको थियो ।

यो पनि…
यस्ता छन् एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठकका प्रस्ताव

नेकपा एकीकृत समाजवादी प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने

वर्गीय शोषण अन्त्य गरी आर्थिक रूपान्तरण गर्न जोड : नेपालको दस्तावेजसहित

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १२ : ३३ बजे

सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चा 

काठमाडौं– समाजवादी मोर्चा, नेपालले सरकारको कुशासन र अस्तव्यस्तताका कारण जनतामा

वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व संकलन

 वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु

नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने उद्देश्यका साथ आन्दोलनरत

स्ववियु निर्वाचन : कैलालीमा अनेरास्ववियु र राप्रविसंघका उम्मेदवार नेविसंघ प्रवेश

धनगढी– कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विभिन्न संगठनबाट

बृहत् विरोध सभाको तयारीमा जुटेको मोर्चा नागरिक समाजसँग परामर्शमा

काठमाडौं– राजावादीले गरेको शक्ति प्रदर्शनलाई ‘काउन्टर’ दिन विरोध सभाको तयारी