जलद्रोणी : पानी चिस्याउने ५ सय वर्षअघिको प्रविधि « Khabarhub

जलद्रोणी : पानी चिस्याउने ५ सय वर्षअघिको प्रविधि


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

जलद्रोणीका विषयमा तपाईं कति जानकार हुनुहुन्छ ? हो, लिच्छवी तथा किराँत कालमा धापिएर आएको बटुवालाई  चौतारा नजिक पाटीपौवामा पानी चिसो राख्न प्रयोग गरिने घरेलु प्रविधि नै जलद्रोणी हो । यत्रतत्र सडक मार्गले जोडेपछि एकादेशको कथा बनेको यो प्रविधिको अस्तित्व दक्षिणकाली नगरपालिका टुटेपानीमा आज पनि देख्न सकिन्छ । 

पाँच सय वर्ष पुरानो यो प्रविधिलाई स्थानीयले पुरातात्विक दृष्टिले संरक्षण गरेर राखेका छन । तराईबाट फर्पिङ भइ ललितपुर जाने बटुवालाई लक्षित गरी जलद्रोणी बनाइको थियो ।

जलद्रोणी विशेष प्रकारको ढुङ्गा कुँदेर बनाइन्थ्यो । जलद्रोणीमा राखिएको पानी निकै चिसो हुन्थ्यो । फ्रिज नभएको त्यो समयमा यही पानी पिएर बटुवाले तिर्खा मेटाउँथे । स्थानीय बासिन्दाले नजिकैको कुवाबाट पानी ल्याएर संकलन गरी पानी त्यहाँ संकलन गर्थे । तत्कालिन समयमा यसलाई सामाजिक उत्तरदायित्वको कार्य मानिन्थ्यो । 

ढुङ्गे धारा निर्माण गरेर पानी उपलब्ध गराउन खर्चिलो हुने हुँदा जलद्रोणको निर्माण गरिन्थ्यो । ऐतिहासिक संरचना भएकाले यसको संरक्षण गर्नुपर्ने स्थानीय समाजसेवी निरोज श्रेष्ठ बताउँछन । 

उनी भन्छन, ‘नयाँ पुस्ताको लागि यो एक इतिहास हो । इतिहासको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।’ 

यस्ता सम्पदाको संरक्षणमा स्थानीय सरकार अझ सक्रिय हुनुपर्ने उनको भनाइ छ । 

तस्विर : शशिन्द्र गौतम

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  २ : ०७ बजे

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको