इरानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता  « Khabarhub

इरानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता 


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री अनवर-उल-हक काकरले इरानसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्न आफ्नो देशको दृढ प्रतिबद्धता  रहेको जनाएका छन् ।

इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको भेटमा प्रधानमन्त्री काकारले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरू विशेष गरी दुवै देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मानमा आधारित सहकार्य र सहयोगात्मक दृष्टिकोणबाट साझा चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिए । 

त्यस्ता कूटनीतिक सिद्धान्तहरूको महत्त्वलाई उजागर गर्दै पाकिस्तानी प्रधानमन्त्रीले दुवै राष्ट्रको सार्वभौमसत्ता  अक्षुण्ड राख्न र स्थापित अन्तर्राष्ट्रिय मान्यताहरूको सम्मान गर्दै साझा प्रतिबद्धताको महत्त्वलाई जोड दिएको बताइएको छ । 

साथै उनले इरानी राष्ट्रपति इब्राहिम रायसीलाई सकेसम्म चाँडो पाकिस्तान भ्रमण गर्न निमन्त्रणा पनि दिएका छन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ३ : ०६ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२