उपप्रधानमन्त्री खड्का र बेलायतका सेनाध्यक्षबीच भेट | Khabarhub Khabarhub

उपप्रधानमन्त्री खड्का र बेलायतका सेनाध्यक्षबीच भेट


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् । 

आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सलाई स्वागत गर्दै यस भ्रमणले दुई देशको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । 

भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र बेलायतबीच लामो समयदेखिको गहिरो द्विपक्षीय सम्बन्ध रहेको र उक्त सम्बन्ध जनस्तरसम्म फैलिएको बताए। उनले दुई देशबीच लोकतन्त्र, मानवअधिकार, कानुनको शासन र स्वतन्त्रता, मानव मूल्य र मर्यादाका विषयमा साझा धारणा रहेको उल्लेख गरे । उनले गत वर्ष नेपाल र बेलायतको मैत्रीसन्धीको एक सय वर्ष पूरा भएको र अर्को एक सय वर्षका लागि जग बसाल्ने काम भएको बताए । 

साथै उनले बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र कठिन समयमा समेत बेलायतले सहयोग र समर्थन गर्दै आएकोमा प्रसन्नता व्यक्त गरे। उनले ब्रिटिस सेनामा सेवारत ब्रिटिश गोर्खाहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सन् १९९७ अघि सेवानिवृत्त भएका ब्रिटिश गोर्खालीहरूको आफ्ना बेलायती समकक्षहरूसँग समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको माग सम्बन्धमा बेलायतको तर्फबाट सकारात्मक पहलको निमित्त अनुरोध गरे । 

यस विषयमा आपसी समझदारीमा समाधानका लागि द्विपक्षीय समिति गठन भई विगत लामो समयदेखि छलफलमा रहेको भए पनि ठोस नतिजा हासिल भई नसकेकोले यस सम्बन्धमा ब्रिटिस सरकारको तर्फबाट थप उदारताका लागि अनुरोध गरे । 

साथै नेपाल र बेलायतबीचको विगत लामो समयदेखिको सैन्य सहयोग आदान–प्रदान हुँदै आएको र नेपाली सेना र बेलायती सशस्त्र बलहरूले द्विपक्षीय तालिम तथा सहयोग आदान प्रदानमा मिलेर काम  गरिरहेको बताए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ३ : ४४ बजे

एनआरएनएद्वारा काभ्रेका बाढीपीडितलाई राहत वितरण 

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रे पनौतीका बाढीपहिरोबाट प्रभावित

किन गरिन्छ शिवलिंगको पूजा ?

काठमाडौं– हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिंगको विशेष महत्त्व छ । शिवलिंग

दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु

लमजुङ – पाठेघरको क्यान्सरबाट पीडित यहाँस्थित दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष

अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक नौटियालको कन्सर्ट हुने

काठमाडौं– एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा

स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका