इटालीका किसानहरूक आन्दोलन तीव्र « Khabarhub

इटालीका किसानहरूक आन्दोलन तीव्र


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मेलेग्नानो – दर्जनौँ इटालेली किसानहरूले मङ्गलबार मिलान नजिकै ट्र्याक्टरहरूबाट विरोध प्रदर्शन गरेका छन् । यो किसानहरूको जीविकोपार्जनको डरले मुलुकभर साना प्रदर्शनहरूको शृङ्खलामा पछिल्लो प्रदर्शन हो ।

हालैका साताहरूमा सिसिलीबाट ट्रेन्टोसम्म अचनाक विरोध प्रदर्शन सुरु भएका छन् । सडकहरू अवरुद्ध गर्ने समाचार अहिले नियमित भएको छ । यद्यपि तिनीहरू अहिलेसम्म फ्रान्स, जर्मनी वा बेल्जियममा किसान प्रदर्शनको स्तरसम्म पुगेका छैनन् ।

“हामी युरोपले धोका दिएका सबै कुरा रोक्न तयार छौँ”, मिलान बाहिर मेलेग्नानो नजिकैको विरोध प्रदर्शनमा प्लेकार्डमा घोषणा गरिएको छ । प्रदर्शनकारीहरू युरोपेली सङ्घ(इयु)का नियमहरू, आफ्ना उत्पादनमा मुद्रास्फीति र करहरूको प्रभावलाई लिएर असन्तुष्ट छन् । उनीहरूले आफ्नो धरौटीलाई स्थगन गर्न माग गरेका छन् ।

“युरोपले हामीमाथि यस्तो नियम थोपर्छ जसको कुनै अर्थ छैन, हामी अब जीविकोपार्जन गर्न सक्तैनौँ, हामी धेरै पैसा कमाउन चाहन्छौँ र आफ्ना उत्पादनहरूको मूल्य तिनीहरूको मूल्यअनुसार चाहन्छौँ”, उत्तरी इटालीमा विरोध प्रदर्शनका आयोजकमध्येको एक लुइसिटो नाल्डीले भने, “हामी थाकेका छौँ ।” उनका अनुसार परिस्थिति यति कठिन भइसकेको छ कि किसानहरूले आत्महत्या गरिरहेका छन् ।

उनले प्रधानमन्त्री जियोर्जिया मेलोनीको सरकारसँग भेट्न खोजिरहेको बताउनुभयो । “जे कारणले फ्रान्स, जर्मनी, पोल्यान्ड र रोमानियामा विरोध प्रदर्शन भइरहेको छ त्यही कारणले हामीले विरोध गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “जबसम्म सरकारले हामीलाई रोममा आमन्त्रण गर्दैन तबसम्म विरोध प्रदर्शन जारी रहन्छ ।”

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ८ : १५ बजे

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा