विवादित जलक्षेत्रमा चिनियाँ तटरक्षकले उत्तेजक गतिविधि गरेको फिलिपिन्सको आरोप | Khabarhub Khabarhub

विवादित जलक्षेत्रमा चिनियाँ तटरक्षकले उत्तेजक गतिविधि गरेको फिलिपिन्सको आरोप


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मनिला- दक्षिण चीन सागरमा जारी विवादलाई लिएर चीन र फिलिपिन्सबीच वाकयुद्ध चलिरहेको छ । यसै क्रममा फिलिपिन्सले पुनः चीनले दक्षिण चीन सागरमा तनाव बढाएको आरोप लगाएको छ ।

फिलिपिन्सले दक्षिण चीन सागरको विवादित क्षेत्रमा चिनियाँ तटरक्षकले आफ्नो देशका माझीहरुविरुद्ध ‘उत्तेजक गतिविधि गरेको’ आरोप लगाएको छ ।

केही समयअघि चिनियाँ तटरक्षकले दक्षिण चीन सागरको विवादित स्क्यारबोरो शोल जलक्षेत्रमा फिलिपिनी माझीलाई लखेटेका थिए । फिलिपिन्सको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोनाथन मलायाले आफ्नो देशका माझीविरुद्ध चिनियाँ तटरक्षको व्यवहारको निन्दा गरेका छन् ।

उनले सन् २०२४ शान्तिपूर्ण हुने अपेक्षा गरिएपनि पछिल्लो घटनाले तनाव बढाएको पनि बताए । दक्षिण चीन सागरको ठूलो जलक्षेत्रमा चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

सो क्षेत्रमा चीनसहित फिलिपिन्स, ब्रुनाइ, मलेशिया, इण्डोनेशिया, भियतनामजस्ता मुलुकले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ४ : ३१ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय