विवादित जलक्षेत्रमा चिनियाँ तटरक्षकले उत्तेजक गतिविधि गरेको फिलिपिन्सको आरोप « Khabarhub

विवादित जलक्षेत्रमा चिनियाँ तटरक्षकले उत्तेजक गतिविधि गरेको फिलिपिन्सको आरोप


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मनिला- दक्षिण चीन सागरमा जारी विवादलाई लिएर चीन र फिलिपिन्सबीच वाकयुद्ध चलिरहेको छ । यसै क्रममा फिलिपिन्सले पुनः चीनले दक्षिण चीन सागरमा तनाव बढाएको आरोप लगाएको छ ।

फिलिपिन्सले दक्षिण चीन सागरको विवादित क्षेत्रमा चिनियाँ तटरक्षकले आफ्नो देशका माझीहरुविरुद्ध ‘उत्तेजक गतिविधि गरेको’ आरोप लगाएको छ ।

केही समयअघि चिनियाँ तटरक्षकले दक्षिण चीन सागरको विवादित स्क्यारबोरो शोल जलक्षेत्रमा फिलिपिनी माझीलाई लखेटेका थिए । फिलिपिन्सको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोनाथन मलायाले आफ्नो देशका माझीविरुद्ध चिनियाँ तटरक्षको व्यवहारको निन्दा गरेका छन् ।

उनले सन् २०२४ शान्तिपूर्ण हुने अपेक्षा गरिएपनि पछिल्लो घटनाले तनाव बढाएको पनि बताए । दक्षिण चीन सागरको ठूलो जलक्षेत्रमा चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

सो क्षेत्रमा चीनसहित फिलिपिन्स, ब्रुनाइ, मलेशिया, इण्डोनेशिया, भियतनामजस्ता मुलुकले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ४ : ३१ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले