गृहमन्त्रीलाई रविको प्रश्न : जिबी राईलाई समात्न किन नसकेको ? « Khabarhub

गृहमन्त्रीलाई रविको प्रश्न : जिबी राईलाई समात्न किन नसकेको ?


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले सहकारी समस्या समाधानको कामलाई महत्व नदिएको आरोप लगाएका छन्।

मंगलबार काठमाडौँको स्वयम्भूमा आयोजित रास्वपा कर्णालीको चियापान कार्यक्रममा बोल्दै रविले गृहमन्त्रीले नै सहकारी समस्या समाधानका लागि काम गर्नुको साटो आफूलाई दुस्ख दिने काम गरेको आरोप लगाएका हुन्।

‘यदि सरकारले अथवा गृहमन्त्रीज्यूले साँच्चै यो सहकारी पीडितका लागि न्याय दिनुपर्‍यो, सहकारी पीडितहरुका लागि काम गर्नु पर्‍यो, यी सहकारीबाट भागेकाहरुलाई समातेर भए पनि यिनको सम्पत्ति अहिलै कब्जा गरेर, कानुन ल्याएर, अध्यादेश ल्याएर सप्पै पीडितलाई बाँड्नु पर्‍यो भनेर लागिपरेको भए अहिलेसम्म कयौँ पीडितहरुले पैसा पाइसक्थे, केही न केही सुरुवात हुन्थ्यो,’ लामिछानेले भने, ‘तर, उहाँको ध्यान त यल्लाई चाहिँ छोड्नु भएन, केही भेटिन्छ कि यता खोज्नुस् त्यहाँ खोज्नुस् भेटिन्छ कि भनेर यति समय धाउनु भयो।’

उनले यति समय सरकारले पीडितहरुलाई न्याय दिने, पीडितहरुको पैसा फिर्ता दिने, त्यसका लागि एउटा चुस्त कार्यदल बनाउने, योग्य क्षमतावान मान्छेहरु राख्ने र राज्यले काम गर्ने गरेको भए पीडितहरुले न्याय पाइसकेको हुने बताए।

‘मेरो लागि खर्चिएको समय पीडितका लागि खर्चिएको भए पीडितलाई न्याय दिन सकिन्थ्यो,’ रविले भने, ‘अझै पनि आडिया चाहिन्छ भने सम्पर्क राख्नुहोस् हामी भन्दिन्छौँ। सहकार्य गर्ने हो भने हामी तयार छौँ।’

उनले पूर्वउपप्रधानमन्त्रीलाई समाउने सरकारले जिबी राईलाई किन समात्न नसकेको भन्दै गृहमन्त्रीलाई प्रश्नसमेत गरे।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : १८ बजे

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

झापा– जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा

जेन-जी उमेरका सांसदलाई प्रधानमन्त्रीले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय

बेलायतबाट आधारभूत सैन्य तालिम लिएका गौरव शमशेर राजदूत बनेर त्यहीँ जाँदै

काठमाडौं- सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस

विदेशी चलखेलले राष्ट्रियता जोखिममा : माधव नेपाल

काठमाडौं– नेकपाका सह-संयोजक माधव कुमार नेपालले देश हाल ठूलो सङ्कटमा