गाजामा खाद्यान्न नरोक्न इजरायललाई आईसीजेको आदेश | Khabarhub Khabarhub

गाजामा खाद्यान्न नरोक्न इजरायललाई आईसीजेको आदेश


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको माथिल्लो अदालत इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले गाजामा भोकमरी हुन नदिन बिनाअवरोध सहायता सामग्री पुग्ने सुनिश्चित गर्न इजरायललाई आदेश दिएको छ।

आईसीजेले इजरेललाई ढिला नगरी आपतकालीन रूपमा आवश्यक आधारभूत सेवा र मानवीय सहयोग जान दिन सर्वसम्मत निर्णय गर्दै आदेश दिएको हो । आईसीजेले गरेको आदेश कानुनी रूपमा बाध्यकारी हुन्छ।

विश्व खाद्य कार्यक्रम र अन्य संस्थाले केही दिनअघि एकीकृत खाद्य सुरक्षासहितका विषय समेटेर तयार पारेको प्रतिवेदनले गाजामा भोकमरीको भयावह परिस्थिति बनिरहेको चेतावनी दिएको थियो।

प्रतिवेदनमा गाजामा रहेका २२ लाख मानिसले उच्च तहको चरम खाद्य असुरक्षाको सामना गरिरहेको जनाउँदै आगामी मे महिनाको अन्त्यसम्म भोकमरीले गाजाको उत्तरी क्षेत्रलाई असर पार्ने उल्लेख गरिएको थियो ।

इजरायलले भने आफूले सहायता सामाग्रीमा अवरोध पुर्‍याएको भन्ने आरोप निराधार भएको प्रतिक्रिया दिएको छ ।

हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरी १२ सय जनाको हत्या गरेपछि इजरायलले गाजामा सैन्य कारबाही जारी राखेको छ । आक्रमणका क्रममा हमासले इजरायलबाट विभिन्न देशका २५० बढीलाई बन्धन बनाएर लगेको थियो । जसमा युद्ध विरामका क्रममा केही छुटेका थिए ।

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली कारबाहीमा परेर गाजामा अहिलेसम्म ३२ हजार ५५२ जनाको ज्यान गएको जनाएको छ । जसमा २५ हजारभन्दा बढी महिला र बालबालिका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : १७ बजे

एयर इन्डिया दुर्घटनामा ताजा फोरेन्सिक प्रमाणले भन्यो– ‘चालक दल’ जिम्मेवार

काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र

मन्त्री गुप्ताको अडियो प्रकरण छानबिन गर्न रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको

सुमनाको प्रश्न- मन्त्री गुप्ताको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संघीय मामिला तथा

वर्षालाई फिल्म ‘माग्ने राजा’ हिट हुने आश

काठमाडौं – नायिका वर्षा सिवाकोटी अहिले फिल्ममा व्यस्त देखिन्छिन् ।