कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल « Khabarhub

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आउन थालेका छन् ।

कञ्चनजङ्घा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक आउने गरेका छन् । पहिलो याम सकिएर दोस्रो ‘सिजन’ सुरु भएको छ ।  चैतदेखि जेठ तेस्रो सातासम्म कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

गत बुधबार ६० जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको घुन्सा बस्तीमा आइपुगेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।

पर्यटक आगमन सुरु भएसँगै कञ्चनजङ्घा जाने पदमार्गमा रहेको होटल खुलिसकेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङले बताए । पहिलो सिजनमा कञ्चनजङ्घा क्षेत्रमा ६ सय ५० जान बाह्य पर्यटक आएको उनले बताए ।

आन्तरिक पर्यटक आगमनको अभिलेख भने नगरिएको उनले जानकारी दिए । गत वर्ष चार सय ३९ जना बाह्य पर्यटकले मात्र कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए ।

कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ वटा होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा सात करोड लगानीमा सिङ्गी नामजोग होटल पनि सञ्चलनमा आएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १० : ३७ बजे

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय