खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर « Khabarhub

खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ– बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

समाजले ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ ठाउँमा बृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शुक्रबारदेखि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालेका समाजले जनाएको छ । शिविर यही चैत २३ गतेसम्म सञ्चालन हुनेछ । निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

बृहत् स्वास्थ्य शिविरको पहिलो चरणमा जिल्लाका विभिन्न चार स्थानमा एकैसाथ सेवा प्रवाह गरिएको समाजका अध्यक्ष डा. प्रमोद राईले बताए ।

आज साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पताल, खोटेहाङ गाउँपालिकाको खोटाङ बजार स्वास्थ्यचौकी, जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र रावाबेँसी गाउँपालिकाको हरमटारमा शिविर सञ्चालन भएको छ ।

बृहत् स्वास्थ्य शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजीलगायत रोगको उपचार र परीक्षण गरिनेछ । साथै निःशुल्क औषधि पनि वितरण गरिने छ ।

आज र भोलि ऐसेलुखर्क गाउँपालिकाका चार ठाउँमा तथा चैत २० र २१ गते हलेसी तुवाचुङ नगरपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा शिविर सञ्चालन गरिनेछ ।

चैत २२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपा र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा शिविरको आयोजना हुनेछ ।

सेवा समाजका पदाधिकारी तथा सदस्यबाट सङ्कलित तीन करोड दश लाख बराबरको रकम स्वास्थ्य शिविरमा खर्च हुने अध्यक्ष राईले बताए । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित एक सय ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्नेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ११ : ०८ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण