युरोप 'युद्धपूर्वको युगमा' प्रवेश गरेको पोल्यान्डका प्रधानमन्त्री टस्कको भनाइ | Khabarhub Khabarhub

युरोप ‘युद्धपूर्वको युगमा’ प्रवेश गरेको पोल्यान्डका प्रधानमन्त्री टस्कको भनाइ


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

वार्सा पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोपमा द्वन्द्वको ‘वास्तविक’ खतराबारे चेतावनी दिँदै दोस्रो विश्वयुद्धको अन्त्यपछि पहिलो पटक यो महादेश ‘युद्धपूर्वको युगमा’ प्रवेश गरेको बताएका छन् । 

‘युद्ध अब विगतको अवधारणा होइन । यो वास्तविकता भएको छ र यो दुई वर्ष पहिले सुरु भएको छ । यस क्षणमा सबैभन्दा चिन्ताजनक कुरा हो र शाब्दिक रूपमा भन्दा युद्धको कुनै न कुनै परिदृश्य सम्भव देखिएको छ । हामीले सन् १९४५ यता यस्तो अवस्था देखेका थिएनौँ,’ टस्कले शुक्रबार युरोपेली सञ्चार समूह लीनालाई दिएको अन्तर्वार्तामा भने।  

उनले भने, ‘मलाई थाहा छ विशेष गरी युवा पुस्ताको लागि यो विनाशकारी सुनिन्छ तर हामीले यस तथ्यमा अभ्यस्त हुनुपर्दछ युद्धपूर्वको परिदृष्यसहित एक नयाँ युग सुरु भएको छ । मैले अवस्थाबारे अतिरञ्जित कुरा गरिरहेको छैनस यो हरेक दिन स्पष्ट हुँदै गइरहेको छ ।’

दुई वर्षअघि युक्रेनमा रूसले गरेको आक्रमणले युरोपेली नेताहरूको युद्धपछिको शान्तिको भावनालाई अन्त्य गरेको थियो, यसले गर्दा धेरै देशहरूले किएभ र उनीहरूका आफ्नै सेनाहरू आपूर्ति गर्न हतियार उत्पादनलाई तीव्रता दिन थालेका छन् । 

युरोपेली परिषद्का पूर्वअध्यक्ष टस्कले शुक्रबार भने, ‘यदि किएभ पराजित भए युरोपमा कसैले पनि सुरक्षित महसुस गर्ने छैनन् ।’

महाद्वीपका लागि चिन्ताको विषय अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित पुनरागमन पनि हो । उनको अमेरिकी सैन्य सहायताको विश्वसनीयतामाथिको प्रश्नले नाटोको भूमिकालाई खुलेआम शंकाका दृष्टिले हेरिएको छ । यदि उहाँ नोभेम्बरमा पुनः निर्वाचित भएमा त्यसपछि बन्ने ट्रम्प प्रशासनले नाटोमा भइरहेको अमेरिकी खर्च घटाउने पहिलेको प्रस्तावलाई पुनः ल्याउनसक्नबारे कतिपय यूरोपेली नेताहरू सशंकित छन् ।

टस्कले अन्तर्वार्तामा भने, ‘अमेरिकी राष्ट्रपति जोसुकै किन नहोस्, हाम्रो काम ट्रान्साटलान्टिक सम्बन्धको विकास गर्नु हो ।’

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  २ : ३६ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज