युरोप ‘युद्धपूर्वको युगमा’ प्रवेश गरेको पोल्यान्डका प्रधानमन्त्री टस्कको भनाइ « Khabarhub

युरोप ‘युद्धपूर्वको युगमा’ प्रवेश गरेको पोल्यान्डका प्रधानमन्त्री टस्कको भनाइ


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

वार्सा पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोपमा द्वन्द्वको ‘वास्तविक’ खतराबारे चेतावनी दिँदै दोस्रो विश्वयुद्धको अन्त्यपछि पहिलो पटक यो महादेश ‘युद्धपूर्वको युगमा’ प्रवेश गरेको बताएका छन् । 

‘युद्ध अब विगतको अवधारणा होइन । यो वास्तविकता भएको छ र यो दुई वर्ष पहिले सुरु भएको छ । यस क्षणमा सबैभन्दा चिन्ताजनक कुरा हो र शाब्दिक रूपमा भन्दा युद्धको कुनै न कुनै परिदृश्य सम्भव देखिएको छ । हामीले सन् १९४५ यता यस्तो अवस्था देखेका थिएनौँ,’ टस्कले शुक्रबार युरोपेली सञ्चार समूह लीनालाई दिएको अन्तर्वार्तामा भने।  

उनले भने, ‘मलाई थाहा छ विशेष गरी युवा पुस्ताको लागि यो विनाशकारी सुनिन्छ तर हामीले यस तथ्यमा अभ्यस्त हुनुपर्दछ युद्धपूर्वको परिदृष्यसहित एक नयाँ युग सुरु भएको छ । मैले अवस्थाबारे अतिरञ्जित कुरा गरिरहेको छैनस यो हरेक दिन स्पष्ट हुँदै गइरहेको छ ।’

दुई वर्षअघि युक्रेनमा रूसले गरेको आक्रमणले युरोपेली नेताहरूको युद्धपछिको शान्तिको भावनालाई अन्त्य गरेको थियो, यसले गर्दा धेरै देशहरूले किएभ र उनीहरूका आफ्नै सेनाहरू आपूर्ति गर्न हतियार उत्पादनलाई तीव्रता दिन थालेका छन् । 

युरोपेली परिषद्का पूर्वअध्यक्ष टस्कले शुक्रबार भने, ‘यदि किएभ पराजित भए युरोपमा कसैले पनि सुरक्षित महसुस गर्ने छैनन् ।’

महाद्वीपका लागि चिन्ताको विषय अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित पुनरागमन पनि हो । उनको अमेरिकी सैन्य सहायताको विश्वसनीयतामाथिको प्रश्नले नाटोको भूमिकालाई खुलेआम शंकाका दृष्टिले हेरिएको छ । यदि उहाँ नोभेम्बरमा पुनः निर्वाचित भएमा त्यसपछि बन्ने ट्रम्प प्रशासनले नाटोमा भइरहेको अमेरिकी खर्च घटाउने पहिलेको प्रस्तावलाई पुनः ल्याउनसक्नबारे कतिपय यूरोपेली नेताहरू सशंकित छन् ।

टस्कले अन्तर्वार्तामा भने, ‘अमेरिकी राष्ट्रपति जोसुकै किन नहोस्, हाम्रो काम ट्रान्साटलान्टिक सम्बन्धको विकास गर्नु हो ।’

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  २ : ३६ बजे

सक्कली बिल लिएर लखपति बन्ने अवसर: सरकारले ल्यायो दैनिक १ लाख जित्ने योजना

काठमाडौँ – सरकारले सर्वसाधारणलाई मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी

मनसुन सक्रिय भएसँगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च

काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण

बाँकेको जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौँ– विद्युत विकास विभागले आर्थिक वर्ष २०८२–८३ मा जलविद्युत्तर्फ ९९