गण्डकीमा स्वास्थ्य तालिमको सातवर्षे रणनीति कार्यान्वयनमा « Khabarhub

गण्डकीमा स्वास्थ्य तालिमको सातवर्षे रणनीति कार्यान्वयनमा


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशमा स्वास्थ्यसम्बन्धी तालिमलाई व्यवस्थित गर्न पहिलोपटक ‘स्वास्थ्य तालिम रणनीति’ बनाइएको छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य तालिम केन्द्रले विसं २०८०-२०८७ सम्मका लागि बनाएको उक्त रणनीति गत फागुन २३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भई लागू भएको छ ।

स्वास्थ्य जनशक्तिको कार्यदक्षता अभिवृद्धि, नयाँ कार्यक्रमका बारेमा थप ज्ञान, सीप प्रदान गर्न योजनाबद्ध मार्गदर्शन प्रदान गर्ने उद्देश्यले रणनीति तयार गरिएको तालिम केन्द्रका निमित्त महानिर्देशक रमेशप्रसाद अधिकारीले बताए। 

रणनीतिले सरकारी बाहेकका निजी स्वास्थ्य संस्था तथा अस्पतालका स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम प्रदान गर्ने योजना रहेको अधिकारीले बताए । यसको कार्यान्वयनपछि तालिममा एकद्वार प्रणालीको विकास हुने भएकाले दोहोरोपन घट्ने, मितव्ययी हुने, संस्थागत अनुपस्थिति दर घटाउने तथा अभिलेखीकरणको त्रृटि न्यून हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका विभिन्न निकायका प्रमुख, विकास साझेदार, गैरसरकारी संस्था निजी क्षेत्र तथा प्राज्ञहरुलगायत सबै सरोकारवालासँगको अन्तरक्रिया, छलफल र आवश्यक परामर्शसहित रणनीतिक योजना तयार पारिएकाले सबै तहका स्वास्थ्य तालिमसम्बन्धी मुद्दाहरूको सम्बोधन गरिने महानिर्देशक अधिकारीले जानकारी दिए।

स्वास्थ्यसम्बन्धी तालिमको आवश्यकता पहिचान र निर्धारण तथा यसका लागि संस्थागत र संयन्त्रगत व्यवस्था र कार्यान्वयन, तालिम पाठ्यक्रम र पाठ्यसामग्री विकास तथा परिमार्जन, तालिमहरुको अनुगमन, मूल्यांकन, क्षेत्र, विषय, विधि र अवधिअनुरूप तालिम विकास, आवश्यक प्रशिक्षक उत्पादन, प्रशिक्षार्थी छनोटलगायतलाई रणनीतिमा समेटिएका छन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बढ्दो स्वास्थ्य तालिम तथा क्षमता अभिवृद्धिको आवश्यकतालाई सम्बोधन गरी गुणस्तरीय तालिममार्फत स्वास्थ्यमा नागरिकका पहुँच वृद्धि गर्न सघाउ पुग्ने बताए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ३ : २१ बजे

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

किमाथाङ्का– सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको

बर्डफ्लू सङ्क्रमण फैलिएपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी– सुनसरीका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी– महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।