बनेपामा शुक्रबारे हाटबजार « Khabarhub

बनेपामा शुक्रबारे हाटबजार


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– बनेपा नगरपालिका–४ नालाका रिया श्रेष्ठले पहिलो दिन करिब ८० किलोभन्दा बढी ब्रोकाउली बिक्री गरिन्। 

नगरपालिकाको कृषि शाखाले पहिलोपटक शुक्रबारदेखि सञ्चालनमा ल्याएको हाटबजारमा बिक्रीका लागि राखिएको ब्रोकाउली देखाउँदै उनले भनिन् ‘दुःख गरी उत्पादन गरेको तरकारी आफैँले बेच्न पाएपछि धेरै आम्दानी गर्न सकिने रहेछ ।’

उत्पादन राम्रो हुने गरेको नालाका किसान श्रेष्ठले ठेकेदारलाई उनीहरुको भाउमा दिनुभन्दा आफैँले बेच्न पाएमा धेरै आम्दानी गर्न सकिने अनुभूति सुनाए । 

लप्सीका क्यान्डीहरु उत्पादन गरी बिक्री गर्दै आएका नालाका उद्योगी महालक्ष्मी श्रेष्ठले लप्सीबाट बन्ने विभिन्न परिकारको बिक्री गरी आम्दानी गरेका छन् । जागरण लप्सी क्यान्डी उद्योग सञ्चालन गर्दै आएका उनले किसानले आफ्ना उत्पादनहरु सिधैँ उपभोक्तामाझ बिक्री गरेर आम्दानी लिन सकोस् भनेर हाटबजार सञ्चालन गरेपछि बिक्री गर्ने अवसर मिलेको बताए। यसअघि उनीहरुले सिधै पसलहरुलाई बिक्री गर्ने र विदेशसम्म पनि पठाउने गरेको थियो । हाटबजारमा भने पहिलोपटक बिक्री गर्न ल्याएको उनले बताए।

बेथानचोक गाउँपालिका–५ कामीडाँडाका निरमाया तामाङले मौरीपालन गरी उत्पादन गरेको महलाई हाटबजारमा बिक्री गर्न ल्याएका छन् । दुई वर्षदेखि मौरीपालन व्यवसायमा लागेका उनले उत्पादन भएको मह बिक्री गर्न खासै समस्या नभएको सुनाए। निरमाना मौरी कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरी ५०-६० घार मौरी पालन गरेका उनले यस्ता बजारहरु सञ्चालन गर्नाले व्यवसायमा लाग्न थप ऊर्जा प्राप्त हुने बताए। उनले तोरी, चिउरीलगायत फलफूलको रसबाट मह उत्पादन गरी बिक्री गर्दै आएका छन् ।

नगरपालिकाले बजार सञ्चालनमा ल्याएपछि यहाँका किसानले उत्पादन गरेको विभिन्न वस्तुलाई बिक्रीका लागि सहज भएको बताएका छन । बजारमा व्यापारीले बिक्री गरेको तरकारीभन्दा किसानले उत्पादन गरी सिधै बेच्न ल्याएको तरकारीमा मूल्यमा कम हुनुका साथै सहज रुपमा किन्न पाइएको उपभोक्ताहरूको भनाइ छ ।

नगरपालिकाका कृषि शाखाका कृषि प्राविधिक कमला हुमागाईंले किसानले दुःख गरी उत्पादन गरेको वस्तुहरु आफैँले सिधै उपभोक्तालाई बिक्री गर्न पाउने गरी हाटबजार सञ्चालनमा ल्याएपछि उत्साहित बनेका बताए । बजारमा किन्नुभन्दा यहाँ थोरै भए पनि सस्तोमा पाउने भएकाले उपभोक्ता र कृषक दुवैलाई फाइदा पुग्ने उनको भनाइ छ । 

हाटबजारमा सस्तो, ताजा, गुणस्तर र कम मूल्यमा सामान किन्न पाउने गरी सञ्चालनमा ल्याएको हाटबजारबाट उपभोक्ता र कृषक दुवैका लागि फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

किसानको घरबारीमा जेजति उत्पादन हुन्छ, त्यो सबै यहाँ ल्याएर बिक्री गरी आम्दानी लिन पाउने व्यवस्था गर्न हाटबजार सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । सञ्चालनमा ल्याएको बजार व्यवस्थापनका लागि व्यवस्थापन समितिले कृषकबाट सरसफाइ शुल्क मात्रै लिने गरी आवश्यक ठाउँ मिलाउने जनाइएको छ । 

महोत्सवका बेला दुई सय ५०–तीन सय वटासम्म स्टल राख्ने गरेको बनेपा नगरपालिकाको पुरानो बजार क्षेत्रको खुल्ला ठाउँ लायकु मञ्चमा कृषि शाखाले उक्त हाट सञ्चालनमा ल्याएको हो । 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ४ : १२ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि