मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

बिहीबार दिउँसो करिब १ः३५ बजे घोडामाराबाट राजगढतर्फ जाँदै गरेका बाह्रदशी गाउँपालिका–३ का ५० वर्षीय प्रेमबहादुर पौडेल सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको प्र–१–०१–०१९प २६९४ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि निजको उपचारकै क्रममा राति करिब ८ः३० बजे बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी गाउँपालिका–४ चकचकीका ३० वर्षीय कुन्दन गणेश पनि घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ६ : २० बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना