मेक्सिकोको दक्षिणी तटमा आठ आप्रवासी मृत फेला « Khabarhub

मेक्सिकोको दक्षिणी तटमा आठ आप्रवासी मृत फेला


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

ओक्साका दक्षिणी मेक्सिकोको ओक्साका राज्यको समुद्र तटमा शुक्रबार डुङ्गा दुर्घटनाको सिकार भएका आठ जना सन्दिग्ध आप्रवासीको शव फेला परेको अभियोजक कार्यालयले जनाएको छ ।

पीडितहरू ओक्साकाको तटमा डुङ्गामा यात्रा गर्दा दुर्घटनामा परेको अभियोजकले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । दुर्घटनामा एक व्यक्ति बाँच्न सफल भएका बताइएको छ ।

प्रारम्भिक जानकारीअनुसार फेला परेका व्यक्तिहरू आप्रवासनको लागि अमेरिकातर्फ जान लागेको हुनसक्ने देखिएको छ । दुर्घटनाका पीडितहरू एसियाली मूलका भएको विश्वास गरिएको छ ।

सान फ्रान्सिस्को डेल मारको प्लाया भिसेन्टे किनारमा शवहरू फेला परेको र उक्त मार्ग संयुक्त राज्य अमेरिका पुग्न खोज्ने मानिसहरूले बारम्बार प्रयोग गर्ने मार्ग हो । 

हजारौं कागजातविहीन आप्रवासीहरू-प्रायः आफ्नो देशमा हिंसा, अशान्ति र गरिबीबाट भागेर-प्रत्येक वर्ष मेक्सिको हुँदै अमेरिकी सीमामा पुग्ने प्रयास गर्छन् । आधिकारिक तथ्यांक अनुसार गत वर्ष मेक्सिको पार गर्दा पक्राउ परेका अधिकांश आप्रवासीहरू चीन, भारत र उज्बेकिस्तानलगायतका देशबाट आएका प्ष्टि भएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ४ : २२ बजे

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम