मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्छ : उपमहासचिव पोखरेल « Khabarhub

मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्छ : उपमहासचिव पोखरेल


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलले मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

मार्क्सवादी अध्ययन फाउण्डेसनले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘कला, साहित्य र संस्कृतिको प्रभाव र महत्व’सम्बन्धी प्रदेशस्तरीय खुला साहित्यिक बहस कार्यक्रममा उपमहासचिव पोखरेलले अन्धविश्वास र परम्परागत कुराले समाजको विकास नहुने बताए।

‘हामीले हाम्रो कला, साहित्य र संस्कृतिलाई रक्षा गर्नुपर्नेछ । कुन कलासंस्कृतिलाई रक्षा गर्ने भन्ने पनि हेर्नुपर्नेछ’, उनले भने, ‘समाज अगाडि बढाउन उत्प्रेरित गर्ने साहित्य जीवनशील साहित्य हो । त्यस्ता कला संस्कृतिको जगेर्ना गर्न आवश्यक  छ ।’

उपमहासचिव पोख्रेलले भने, ‘जुन कला, साहित्य, संस्कृति अहिलेको युग सापेक्ष हुँदैन । वैज्ञानिक हुँदैन । आर्थिकरूपले धान्न नसक्ने हुन्छ । त्यो कला, साहित्य मर्छ । साहित्य, कला, संस्कृति समयानुकूल हुनुपर्छ । अबको साहित्य सिर्जना प्रविधिअनुसार अगाडि बढ्नुपर्छ ।’ उनले समाजमा व्याप्त छाउपडी, छुवाछूतजस्ता विभेदलाई भत्काउन आवश्यक रहेको पनि बताए।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार लोकेन्द्रप्रसाद जोशीले ‘सुदूरपश्चिम र हाम्रो संस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने मार्क्सवादी अध्ययन फाउण्डेसनका अध्यक्ष केशवनाथ योगीले कला, साहित्यको प्रभाव र महत्वसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागी साहित्यकारहरुले कार्यपत्रमाथि आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ४ : ३६ बजे

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय

त्रिशूली किनारमा बालुवाले पुरिएको गाडीको उत्खनन जारी

तनहुँ– तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेसी नजिक त्रिशूली नदीको किनारमा