हिटलर प्रेमले अमेरिकाबाट निकालिएका चार्ली च्यापलिन | Khabarhub Khabarhub

हिटलर प्रेमले अमेरिकाबाट निकालिएका चार्ली च्यापलिन

अन्तत : ओस्कारले जोड्यो सम्बन्ध



चार्ली नाम गरेका व्यक्तिहरू संसारमा धेरै छन् । पहिला पनि थिए, भविष्यमा पनि हुनेछन । तर चार्लीहरु चार्ली च्यापलिन जस्तो हुन सक्दैनन् ।

यसो भनिरहँदा चार्ली कसरी च्यापलिन भए त भन्ने प्रश्नको उत्तर खोज्न उनको विगत पृष्ठभूमि खोल्न जरुरी छ । अमेरिकाबाट निकालिएका चार्ली अन्ततः ओस्कार पदक हात पार्न सफल भए । मानव इतिहासमा बिरलैले प्राप्त गर्ने इतिहास बनाउन सफल चार्ली हास्य व्यंग्य कलाक्षेत्रका मानक मानिन्छन् । विश्वका प्रसिद्ध ब्रान्डेड कम्पनीले आफ्नो उत्पादन उनकै नाम झुण्ड्याउनुमा गौरव गरेका छन् । 

अमेरिकाको हलिउडबाट हाँस्य अभिनेताको रुपमा प्रवेश गरेका चर्चित पात्र उनी विश्वकै सर्वोत्कृष्ट कलाकार मानिन्छन् । चार्लीको पूरा नाम चाल्र्स स्पेसर च्यापलिन हो । उनको जन्म सन् १८८९ मा भएको थियो ।सानै छँदा उनका बाबु घर त्यागेर हिँडेका थिए । आमा एक थियटरमा काम गर्थिन् ।

 आमा गीत गाउन र बाजा बजाउन पोख्त भएकाले चार्लीलाई सानैदेखि गाना बजानामा रुचि जाग्यो । तर, उनकी आमाको मानसिक अवस्था ठीक नभएकाले अनाथालयको आश्रयमा रहनुपर्‍यो । 

आफ्नो अमूल्य जीवनमा चार्लीले २५ वर्षसम्म बेरोजगारी र गरिबीको बाढीमा डुब्दै, उत्रिँदै गर्नुपर्‍यो । सन् १९१३ मा एउटा बेलायती संगीत कम्पनीको माध्यमबाट उनी अमेरिका भित्रिए । उतिबेला चार्लीको प्रसिद्ध सिनेमा निर्माता माईक सेनेटसंग भेट भयो । सेनेटले चार्लीलाई आफ्नो फिल्ममा एउटा हाँस्य भूमिका दिए । त्यसमा उनले मेहनतसाथ काम गरे । पहिलो मौकामै उनले चर्चा बटुले । त्यस बखत अमेरिकामा मूक फिल्महरु बन्थे । चार्लीले पहिलो वर्षमै आठवटा सिनेमा खेल्ने अभूतपूर्व मौका पाए । छोटो समयमै उनले १० लाख अमेरिकी डलर आर्जन गरे । त्यसपछिका ७ वर्षमा उनले ६९ फिल्ममा हाँस्य अभिनेताको भूमिका निर्वाह गरे । सन् १९२० देखि त आफैं निर्माता बनेर फिल्म बनाउन थाले । 

बाहिरबाट हेर्दा वाकपटु देखिए पनि वास्तविक चरित्रमा भने चार्ली भावुक थिए । सानैमा पारिवारिक माहोल गुमाएका उनी कोमल प्रेम प्राप्तिको आशक्तिमा रहन्थे । यसबीच उनको असंख्य युवतीसंग सम्बन्ध रह्यो । ती मध्ये कतिपय सम्बन्ध नैतिक सीमाको मर्यादा बाहिर पनि पुगे । तर नारीप्रेमको गहिराई भने चौथो विवाहपछि मात्र उनलाई अनुभव भएको थियो । 

सन् १९१६ मा चार्लीको सम्पर्क १४ वर्षीया मिल्ड्रेड हेरिससंग भयो । विस्तार विस्तारै दुवैमा घनिष्टता बढ्दै गयो । चार्ली वास्तवमै उनीप्रति समर्पित हुँदै गए । तर चार्लीले पछि मात्र चाल पाए कि मिल्ड्रेड र उनकी आमाले सम्पति हत्याउन प्रेमको नाटक गरेका रहेछन्तिनीहरूले चार्लीलाई फसाउन अनेक कपोकल्पित आरोप लगाए । कतिसम्म भने अवैध गर्भको मिथ्या आक्षेप पनि लगाइयो  । केटीकी आमाले विवाहका लागि चौतर्फी दबाब दिइन । चार्ली षड्यन्त्रको जालो चिर्न असमर्थ भए । आखिर सन् १९१३ अक्टोबरमा मिल्ड्रेडसंग उनको विवाह भएरै छाड्यो । 

चार्ली त मिल्ड्रेडलाई आत्मादेखि चाहन्थे । तर आमा छोरीको क्रियाकलापबाट हायलकायल भएका उनले विवाहको केही समयमै डिभोर्स भयो । बिछोडसँगै उनले ठूलो धनराशि गुमाउनुपर्‍यो । 

सन् १९१४ मा चार्लीको सम्पर्क लिटा ग्रेसंग भयो । लिटाले चार्लीसंग व्यापक हेलमेल बढाइन । त्यतिबेला उनी १२ वर्षकी थिइन । प्रेमिका बन्न उनले चार्लीका अरु शुभचिन्तक युवतीहरूसँग झैझगडा गर्न थालिन । अन्तत : १६ वर्षको उमेरमा लिटा बिहे अघि नै गर्भवती भइन । चार्लीले गर्भपतनको सल्लाह दिए, तर लिटाले शिशु जन्माउने अडान थिइन । 

चार्लीले अरु पुरुषसँग विवाह गर्न सल्लाह दिए । पैसाको लोभ देखाए । अहँ, लिटा टसमस भइनन् । केही उपाय नलागेपछि सन् १९२४ मा चार्लीले लिटासंग दोस्रो विवाह गरे । बिहे गरेको तीन वर्षमा उनी दुई सन्तानका पिता बनिसकेका थिए । लिटाको भित्री उद्देश्य चार्लीको सम्पत्ति लुट्नु थियो । अन्ततःउनले चार्ली विरुद्ध अदालतमा डिभोर्स दिइन । त्यसबेला चार्ली अत्यन्तै लोकप्रिय भइसकेका थिए । यद्यपि पारिवारिक सम्बन्धले उनको व्यावसायिक छविमा कुनै प्रभाव परेन । अदालतले ठूलो धनराशि हर्जना दिलाएर चार्लीलाई मुक्त गरिदियो । 

दोस्रो विवाह पनि विफल भएपछि चार्ली निक्कै आत्तिए । त्यसपछि प्रेमिकाहरुसंगको संगतमा सतर्क रहन थाले । यसको परिणाम बिछोड भएको ९ वर्षपछि उनको भाग्यमा तेस्रो घरजम लेखियो । यसबीच उनको परिचय त्यसबेलाकी अपूर्व सुन्दरी पोलेट गोडार्डसंग भयो । 

सन् १९३७ मा यो जोडी विवाह बन्धनमा बाँधियो । परिपक्वको यो विवाहले भने उनलाई मानसिक राहत दियो । यद्यपि गेडार्डको बढ्दो महत्वाकांक्षा चार्लीको व्यवसायिक जीवनकै लागि तगारो बनेर उभियो । यसबाट विरक्तिएका उनी फेरि सम्बन्ध विच्छेदको किनारमा पुगे । सम्बन्ध जोडिनु र छुट्टिनुको भेद नछुटिएका चार्ली यसलगत्तै जोन बरीसँग सम्बन्ध गाँस्न पुगे । उनीभित्रसम्पति हत्याउने अतृप्त चाह थियो । अमेरिकी एक प्रख्यात व्यापारी उनको मोहजालमा परेर बर्बाद भइसकेका थिए । 

चार्लीले जोनलाई फिल्ममा ठाउँ दिए । कालान्तरमा उनले पनि चार्लीले आफूमाथि व्यभिचार गरेको आरोप लगाउँदै अदालतमा मुद्दा हालिन । जोनले एक छोरी जन्माइन । डीएनए परीक्षण सफल नभए पनि छोरीको पालनपोषणको अभिभारा न्यायालयले चार्लीको काँधमा हालिदियो । 

सन् १९४२ मा अमेरिकी प्रख्यात नाटककार यूजीन ओ नीलकी १७ वर्षीया छोरी ऊना ओ नील चार्लीको सम्पर्कमा आइन । ५४ वर्षका चार्लीले यो सम्बन्धलाई विहेमा बदले । ऊना अपवाद पात्र थिइन । सम्भवत: कुलीन घरानामा जन्मिएकाले पैसाप्रति उनको आशक्ति थिएन । उनी चार्लीलाई प्रेमको बद्ला प्रेम दिन्थिन् । ऊनासंगको वैवाहिक सम्बन्धपछि चार्ली अरु ३४ वर्ष बाँचे । 

यस अवधिमा उनले एक निर्माताका रुपमा श्रेष्ठतम फिल्म र संगीतको रचना गरे । चार्लीका एक मित्रले उनको जीवनका बारेमा भनेका थिए– ‘ऊना चार्लीको जीवनमा उर्जा बनेर प्रकट भइन ।’ खानेकुरा समेत उनी आफ्नै हातले पकाएर खुवाउँथिन् । फलस्वरुप ८९ वर्षको उमेर मृत्यु हुँदा समेत चार्ली हृष्टपुष्ट थिए । यो दम्पतीले आठ सन्तानलाई जन्माएको थियो । चार्ली अन्तिम सन्तान जन्मिँदा ७८ वर्षका थिए । 

अमेरिकाबाट देश निकाला
सन् १९५३ मा जब अमेरिकी सरकारले चार्लीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगायो । त्यसबखत चार्लीले पनि अमेरिकाको मोह छोडेर आफ्नो प्रवास पत्र अमेरिकी सरकारलाई जिम्मा लगाइदिए । त्यतिखेर पनि चार्लीले ऊनको राम्रो साथ सहयोग पाएका थिए । ऊना पनि अमेरिकी नागरिकता त्यागी चार्लीको साथ लागेर स्वीटजरल्याण्ड गइन । त्यहाँ चार्लीले आफ्नो समय गीत लेखन र पियानो बजाउनमा बढी खर्च गरे पनि उनले ‘ए काउटेस फ्रम हङकङ’ जस्ता चर्चित फिल्म बनाए । 

सन् १९४७ मा चार्लीले जब फिल्म ‘मौन सियर बर्दी’ बनाए, त्यसबाट अमेरिकाको सेन्सर बोर्ड तथा देशका रुढीवादी पत्रपत्रिकाले  उनी विरुद्ध व्यापक तहल्का मच्चाए । यहीँबाटै अमेरिकी सरकार चार्लीविरुद्ध संगठित हुँदै गयो । यसअघि पनि दोस्रो विश्वयुद्धको समयमा चार्लीले ‘ग्रेट डिक्टेटर’ फिल्म बनाएका थिए । यसमा हिटलरलाई एक आतंककारीको रुपमा प्रस्तुत गरिएको थियो ।

उनले छिमेकी देशहरुलाई मोर्चा कस्न आव्हान गर्दै हिटलरको रुसमा गर्ने आक्रमणलाई विफल गर्ने संकेत फिल्ममार्फत दिएका थिए । यसबाट चार्लीलाई साम्यवादी भन्ने आरोप लगाइयो । युद्धपश्चात अमेरिकामा मैकार्थीको शासन चल्यो । त्यतिखेर साम्यवादप्रति सहानुभूति राख्नेहरुलाई छानी छानी देश निकाला गरियो । चार्ली पनि यही चपेटामा परे । 

ओस्कारले फर्कायो अमेरिका 
चार्लीले अमेरिका छोडेपछि हलिउड जगतले व्यापक विरोध जनायो । सरकारमाथि चार्लीको प्रतिबन्ध फुकाउन ठूलो दबाब  पर्‍यो। अन्ततः जनदबाबपछि सरकार झुक्न बाध्य भयो । सन् १९७२ मा फिल्म एकेडेमीले चार्लीलाई सम्मान गर्ने निर्णय लियो । प्रवासको दुई दशकपछि उनीहरु सपरिवार अमेरिका फर्किए । यसैबीच चार्लीलाई ओस्कार पुरस्कार प्रदान गरियो । 

कार्यक्रममा उपस्थित जनसमुदायले दुई दशकपछि स्वदेश फिर्ता बारे ऊनाले सहज भावमा भनिन– ‘मेरो लागि देश त्यही हो, जहाँ मेरो पति हुनुहुन्छ । म अमेरिकाको नागरिकभन्दा पनि चार्लीकी पत्नी र ८ सन्तानकी आमा हुँ ।’

यसै मेसोमा जीवनको उत्तराद्र्धमा प्रेमको अद्भूत अनुभव संगालेका चार्लीले भने– ‘दुनियाँले मलाई आफ्नो श्रेष्ठतम देन दियो । त्यसको साथै मैले धेर थोर निकृष्ट अनुभव पनि मिलेको छ । यो तीन दशक आनन्द र उत्साहले परिपूर्ण भएको छ । प्रसन्नता भन्ने वस्तुसंग मलाई ऊनालाई साक्षात्कार गराइन । अमेरिकाबाट पाएको यही नै मेरो उच्चतम उपलब्धि हो ।’

सन् १९७५ मा चार्लीले ब्रिटिस साम्राज्ञीबाट ‘सर’को उपाधि पनि पाए । जीवनको उत्तरार्द्धमा चौथो पत्नीबाट सन्तुष्ट उनले आफ्नो जीवनको सार्थक क्षण त्यसैलाई मानेका छन् ।

आफ्नो आत्मकहानीमा उनी लेख्छन– ‘जब म ऊनालाई आफ्नो अघि अघि हिँडेको देख्छु , मेरो हृदय उनको समग्र व्यक्तित्वप्रति प्रेमले पुलकित हुन्छ र आदरले भरिएर आउँछ । म भित्र भित्र आनन्दले यति प्रफुल्लित हुन्छु कि मेरो घाँटी अवरुद्ध हुन्छ , आँखा रसाउँछ ।’

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ५ : १५ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल