उत्तर कोरियालाई लक्षित गरी ल्याइएको प्रस्तावमाथि रूसद्वारा भिटो प्रयोग | Khabarhub Khabarhub

उत्तर कोरियालाई लक्षित गरी ल्याइएको प्रस्तावमाथि रूसद्वारा भिटो प्रयोग


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय  सुरक्षा परिषद् (यूएनएससी) प्रतिबन्ध उल्लङ्घनको अनुसन्धान जिम्मेवारी प्राप्त विशेषज्ञको स्वतन्त्र समिति नवीकरण गर्ने उद्देश्यले गरिएको प्रस्तावलाई अवरुद्ध गर्दै रूसले बिहीबार संयुक्त राष्ट्र सङ्घमा आफ्नो भिटो शक्तिको प्रयोग गरेको छ ।

युक्रेनमा भएको द्वन्द्व र यूएनएससी प्रतिबन्ध उल्लङ्गनको अनुसन्धान विशेषज्ञ समिति निर्माणको प्रस्तावले मस्को र पश्चिमी देशबीच थप तनाव बढेको हो । पछिल्लो समय उत्तर कोरियाले यूएनएससी प्रतिबन्ध उल्लङ्गन गर्दै रूसको मुख्य युद्ध हतियार आपूर्तिकर्ताको रूपमा देखा परेको युरोपेली मुलुकहरूको बुझाई छ । 

प्योङयाङको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमको बिस्तार गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी भूमिमा पुग्न सक्ने लामो दूरीको अन्तरमहाद्वीपीय क्षेप्यास्त्रसहित थुप्रै हतियार परीक्षण गर्न आफ्नो सेनालाई प्रोत्साहित गरेका छन् । रूसले उत्तर कोरियाको अवैध हतियार कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिबन्ध र संयुक्त राष्ट्रको अनुसन्धानलाई समर्थन गरेको सिएनएनले जनाएको छ । 

यद्यपि, युक्रेनमा हावी गम्भीर सङ्कटको बीचमा गतिशीलता परिवर्तन हुँदा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियारका लागि उत्तर कोरियामा निर्भरता बढाएको देखिन्छ ।

संयुक्त राष्ट्रसङ्घका लागि रूसी राजदूत भासिली नेबेन्जियाले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसङ्घले लगाएको प्रतिबन्धले प्रासङ्गिकता गुमाई वास्तविकताबाट अलगिएकाले भिटो प्रयोग गरेको बताए । उनले सन् २००६ देखि नै प्रतिबन्धको प्रभावकारिताको आलोचना गर्दै लक्ष्य विमुख भएको कोरियाली प्रायद्वीपमा सकारात्मक परिवर्तनमा योगदान नगरेको तर्क गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धअन्तर्गत उत्तर कोरियालगायतका देशहरूमा हतियार हस्तान्तरणमा प्रतिबन्ध लगाउँदा पनि उत्तर कोरियाली नेता उन युक्रेनविरुद्धको रूसी कारबाहीलाई सहयोग गर्न हतियारको निरन्तर आपूर्तिकर्ताका रूपमा सक्रिय देखिन्छन् ।

दक्षिण कोरियाका रक्षामन्त्रीले उत्तर कोरियाका हतियार कारखानाले रूसलाई लाखौं तोपखानासहित हतियार आपूर्ति गर्न पूर्ण क्षमतामा काम गरिरहेको उल्लेख गरेका छन् ।  यसैबीच युक्रेनले आफ्नो लक्ष्यमा आक्रमण गर्दा उत्तर कोरियाले बनाएको ब्यालेस्टिक मिसाइलका भग्नावशेष फेला पारेको रिपोर्ट सिएनएनले गरेको छ ।

पन्त्र्र सदस्यीय सुरक्षा परिषद्का सदस्यको उपस्थितिमा१३ सदस्यहरूले विशेषज्ञको समितिको काम नवीकरण गर्ने पक्षमा थिए । छलफलमा रूसले विरोध जनाएको र चीन अनुपस्थित रहेको थियो । बहुमत सदस्यहरू पक्षमा रहँदा रहँदै पनि रूसको भिटो शक्तिले प्रस्तावलाई अन्ततः असफल तुल्यायो । 

संयुक्त राष्ट्रसङ्घका लागि बेलायती राजदूत बार्बरा वुडवार्डले उत्तर कोरियाली जनतामाथि पर्ने यसको हानिकारक प्रभाव र प्रतिबन्धको प्रभावकारितालाई जोड दिँदै रूसी भिटोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले अन्तर्राष्ट्रिय मान्यतासहितको शासनको अखण्डता र परिषद्को विश्वसनीयतालाई कमजोर पार्दै हतियार खरिद्का लागि प्रतिबन्धबाट बच्ने स्वतन्त्रता खोजिरहेको आरोप लगाएका छन्।  

संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी उप राजदूत रोबर्ट वुडले सभ्य राष्ट्रले अनुमोदनलाई कसरी रोक्न सक्छ भनेर प्रश्न गर्दै रूसको ‘गैरजिम्मेवारपूर्ण कार्य’को निन्दा गरेका छन् ।  विशेषज्ञहरूको प्यानललाई अस्थायी रूपमा अवरोध गरेको भएता पनि दिगो र अब्बल व्यवस्थाका लागि वकालत जारी रहने कुरामा उहाँले जोड दिए। 

दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि रूसको निर्णयलाई गैरजिम्मेवारपूर्ण भन्दै आलोचना गरेको भने मस्कोको कदम विरुद्ध अन्तर्राष्ट्रिय प्रतिक्रियालाई समेत उजागर गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ५ : ५६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका