नेदरल्याण्ड्समा तीन बन्धक रिहा « Khabarhub

नेदरल्याण्ड्समा तीन बन्धक रिहा


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय सहर एडेको एक रात्रिकालीन क्लबमा घन्टौँसम्म बन्धक बनाइएका तीन व्यक्तिलाई रिहा गरिएको प्रहरीले बताएको छ । यद्यपि प्रहरीले ‘स्थिति अझै पनि समाप्त नभएको’ बताएको छ । 

गेल्डरल्यान्ड प्रहरीले सामाजिक सञ्जाल एक्समा बन्धकहरूको रिहाईको घोषणा गर्यो । क्लबमा थप बन्धक छन वा छैनन् भन्नेबारेमा प्रहरीले केही बताएको छैन । हतियारले सुसज्जित प्रहरी र विशेष गिरफ्तारी दल, केही मास्क लगाएका क्लबको बाहिर जम्मा भएका थिए । 

घटनास्थलको भिडियोमा तीन व्यक्तिलाई उनीहरूको रिहाईपछि हावामा हात उठाउँदै बाहिर निस्किएको देखाइएको छ । प्रहरीले एक्समा भनेको छ, ‘अहिलेसम्म आतंकवादी मनसायको कुनै संकेत प्राप्त भएको छैन ।’

यसअघि शनिबार अधिकारीहरूले मध्य एडेमा एक चोकलाई घेराबन्दी गरेका थिए र एक भवनमा धेरै मानिसलाई बन्धक बनाएर राखिएको भन्दै वरपरको करिब एक सय ५० घरलाई खाली गरेका थिए । 

प्रहरी प्रवक्ता सिमेन क्लोकले मनिसहरूलाई बन्धक बनाइएको बताए तर उहाँले घटनाबारे थप विवरण दिन वा कति मानिस संलग्न थिए भन्नेबारेमा जानकारी दिन अस्वीकार गरे । 

घटनास्थलमा रहेका एपीका फोटोग्राफरका अनुसार बन्धकहरूलाई एडेको लोकप्रिय बार तथा रात्रिकालीन क्लब पेट्टीकोटमा राखिएको थियो । 

आम्स्टर्डमबाट ८५ किलोमिटर दक्षिणपूर्वमा रहेको ग्रामीण बजार सहर एडेका घटनास्थलका तस्बिरहरूमा प्रहरी र अग्निनियन्त्रकहरूलाई एउटा घेराबन्दी गरिएको क्षेत्रमा सडकमा देखाइएको छ । 

यो अवस्था कायम रहेसम्म केन्द्रमा सबै पसलहरू बन्द रहने नगरपालिकाले जनाएको छ । सरहको स्टेसनबाट आवागमन हुने ट्रेनहरूलाई पनि रोकिएको छ । 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : २१ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी