दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु « Khabarhub

दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

दैलेख – दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीया बालिका शर्मिला कँडेलको शनिबार चट्याङ लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार चट्याङ परी घाइते भएकी शर्मिलाको दुल्लु अस्पतालमा उपचार लागि पठाएको थियो।त्यहाँ उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको अवस्था बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार बेलुका कर्णालीका विभिन्न जिल्लामा चट्याङ, हावाहुरीसहित असिना पानी परेको थियो। हावाहुरी र असिना पानीले विषेशगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ३१ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन