अवैध कल सेन्टर संचालन गर्ने दुई चिनियाँ नागरिक पक्राउ « Khabarhub

अवैध कल सेन्टर संचालन गर्ने दुई चिनियाँ नागरिक पक्राउ


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विरगञ्ज। विरगञ्जमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाको वडा नं। १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।

कल सेन्टर संचालन गरेर अवैध कारोबार संचालन गर्ने दुई चिनिया नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । सो घरबाट दर्जनौं संख्यामा अवैध कम्प्युट लगायतका इलेक्ट्राँनिक्स सामानहरु समेत बरामद भएको वताउँदै डिएसपी थापाले थप अनुसन्धान भइरहेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक (एपसपी) कुमोध ढुंगेल नेतृत्वमा नै खटिएको प्रहरी टोलीले सो घरमा छापामारी गरेको थियो । प्रहरीका अनुसार चिनिया गिरोहले भाडामा घर लिएर कल सेन्टर संचालन गरेर अवैध रूपमा कारोबार गर्दै आएका थिए ।

प्राप्त जानकारी अनुसार नन्दु राउत कुर्मीको घरमा दुई महिना पहिला हेटौंडाकी एक महिलाले घर भाडा लिएकी ‍थिइन । सोही घरमा चिनिया नागरिकले सञ्चालन गर्दै आएको अवैध धन्दाको गिरोहमा थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेकाहरुको नाम अहिले खुलाएको छैन् । आइतबार पक्राउ परेका र बरामद सामानहरु बारे बिस्तृत रुपमा जानकारी दिइने पर्सा प्रहरी प्रवक्ता थापाले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १० : ५३ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान