इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस | Khabarhub Khabarhub

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

यो क्षेत्रमा पर्ने ४२ मध्ये ३३ वडाको मतगणना भइसकेको छ । अहिले इलाम नपारपालिकाको मत गणना जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ६ हजार ३३६ मतको अग्रता बनाएका छन् । उनले २३ हजार ५०७ मत प्राप्त गरेका छन् ।

सुहाङलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार डम्बर खड्काले ताजा अवस्थामा १७ हजार १७४ मत ल्याएका छन् ।

उता तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १० हजार ४६२ मत प्राप्त गरेका छन् । रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ९८३ मत प्राप्त गरे छन्।

शनिबार भएको मतदानमा यहाँ ६९ हजार २ सय ८७ मत खसेको थियो ।

इलाम २ को ताजा अपडेट

सुहाङ नेम्वाङ (एमाले)– २३,५०७
डम्बर खड्का (कांग्रेस)– १७,१७४
डकेन्द्र थेगिम (स्वतन्त्र)– १०,४६२
मिलन लिम्बु (रास्वपा)– ३,९८३

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ०८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको