इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित) « Khabarhub

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन् । यस्तै, तेस्रो स्थान हासिल गरेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ११ हजार ४५७ मत प्राप्त गरे ।

इलाम–२ मा कूल १९ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए । जसमध्ये १६ जनाको भने जमानत जफत भएको छ ।

निर्वाचन आयोगले आज सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित १६ दलको जमानत जफत भएको हो । लिम्बूले ५ हजार ५० मत प्राप्त गरे ।

यस्तै, भाले चिह्न भएका मनिबहादुर लिम्बूले ८१६ मत प्राप्त गर्दा अन्य उम्मेदवार पाँचसय मत पनि कटाउन सकेनन् ।

जमानत जोगाउन सदर मतको १० प्रतिशत मत ल्याउनु आवश्यक पर्दछ । इलाम–२ मा भएको निर्वाचनमा सदर मत ६८ हजार ४७२ रहेको छ । यहाँ ६९ हजार ३७४ मत खसेको थियो ।

जसअनुसार जमानत जोगाउन उम्मेदरवालाई ६ हजार ८५० मत आवश्यक पर्दथ्यो । तर एमाले, कांग्रेस र एक स्वतन्त्र उम्मेदवार बाहेक अन्य उम्मेदवारले सो मत कटाउन सकेनन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने उल्लेख गरिएको छ ।

जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर छन् ।

यस्तै, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो ।

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ७ : ५५ बजे

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको