आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट | Khabarhub Khabarhub

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ । गए राति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो ।

आगलागीबाट हरिवन नगरपालिका–३ मोहनपुरका रोहन भुजेलको घर र दुईवटा फार्म जलेका छन् ।

भुजेलको बस्ने एउटा घर र बाख्रा र कुखुरापालन गरेको दुईवटा फार्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिइ ।

विद्युत सर्ट भएर आगलागी हुँदा भुजेलको फार्मसहित २६ कुखुरा र २० हाँस मरेका छन् । घर, पशु फार्म र घरको अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित ११ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

यसैगरी, गएराति नै कविलास नगरपालिका–१० सलेमपुरमा एक घरमा आगलागी भएको छ । आगलागीबाट वासुदेव महतोको गोठघर नष्ट भएको छ ।

आगलागीबाट दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दुवै स्थानको आगो स्थानीय, प्रहरी, हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायतामा निभाइएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ११ : ३६ बजे

सहकारी ठगीमा रवि लामिछानेकाे संलग्नता पुष्टि भइसकेकाे छ : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय

उपेन्द्र यादवको आग्रह : अशोक राईसँग गएकाहरू पुरानै घरमा फर्किनू

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गत वैशाख

बिहारको मधुवनीमा चुनाव हुने भएपछि मधेसका सीमानाका बन्द हुने

जनकपुरधाम– भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज

कोशीका मुख्यमन्त्री भन्छन्- यो सत्ता समीकरण अब टुट्दैन, ०८४ सम्मै जान्छ

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अहिलेको सत्ता समीकरण २०८४

सञ्चालकले नियम उल्लंघन गर्दा सहकारीमा समस्या सिर्जना भयो : मुख्यमन्त्री अधिकारी

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै कारण सहकारी