एमाले महासचिवको निष्कर्ष : उपचुनावले नयाँ राजनीतिक ध्रुवीकरण सुरु भयो « Khabarhub

एमाले महासचिवको निष्कर्ष : उपचुनावले नयाँ राजनीतिक ध्रुवीकरण सुरु भयो


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख १५ गते सम्पन्न उपचुनावले देशको राजनीतिमा नयाँ ध्रुवीकरण सुरु भएको बताएका छन् ।

एमाले बर्दिया जिल्ला कमिटीको दशौँ अधिवेशन उद्घाटनका लागि मंगलबार बर्दिया सदरमुका गुलरिया पुगेका उनले स्थानीय पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् ।

उपचुनावले नयाँ ध्रुवीकरण सुरु भएको दोहोर्‍याएका पोखरेलले अब एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति निर्माणले पनि गति लिने बताएका छन् ।

‘उपचुनावले देशमा नयाँ राजनीतिक ध्रुवीकरण सुरु भएको छ’, पोखरेलले भने, ‘एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति निर्माणको कामलाई यो परिणामले थप बल मिलेको छ । बलियो राष्ट्रिय शक्ति बनाउने हाम्रो अभियानलाई यो उपचुनावले सहयोग गरेको छ । ’

बर्दियालाई उनले एमालेको आधार क्षेत्र भएको जिल्लाका रुपमा चित्रित गरे ।

‘बर्दिया एमालेको आधार क्षेत्र नै हो । तर पछिल्लो समय जातीय नारा र माओवादी द्वन्द्वका कारण बर्दियामा एमालेलाई केही क्षति भएको हो’, उनले भने, ‘हिजो अस्वभाविक नारा लगाए, सपना बाँडे तर अब उनीहरूले केही गर्न नसक्ने प्रमाणित भयो। अब एमाले नै शक्ति रहेछ भन्ने जनताले बुझेका छन्।’

वैशाख १५ गते सम्पन्न उपचुनावमा इलाम क्षेत्र नम्बर २ बाट एमालेका सुहाङ नेम्वाङ साढे ५ हजार बढी मतसहित विजयी भएका छन् । इलाममा सुहाङलाई नेकपा माओवादी केन्द्रले साथ दिएको थियो ।

उता बझाङ प्रदेश सभा १ मा पनि एमाले जिल्ला अध्यक्षसमेत रहेका दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीको विजयले सुदूरपश्चिममा नागरिक उन्मुक्ति र नेपाली कांग्रेसको बार्गेनिङ पावर पनि अब कम भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ३७ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको