उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबीच भेटवार्ता « Khabarhub

उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबीच भेटवार्ता

नेपाली निर्यातकर्तालाई चीनको भन्सार र क्वारेन्टिन प्रक्रिया सहज गरिदिन आग्रह


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनबीच बुधबार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले नेपाल र तिब्बत क्षेत्रबीचको सम्बन्ध हिमाल र नदीहरूबाट जोडिएको बताए ।

उनले दुई देशको कूटनीतिक सम्बन्ध स्थापना हुनु पहिलेदेखि नै विभिन्न तह तथा क्षेत्रमा सम्बन्ध एवम् सहकार्य रहँदै आएको पनि चर्चा गरे ।

उनले भेटका क्रममा नेपाली निर्यातकर्ताहरूलाई चीनको भन्सार र क्वारेन्टिन प्रक्रिया सहज गरिदिन पनि तिब्बत सरकारका उपाध्यक्षसँग आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।

भण्डारीले नेपाल एक चीन नीति तथा चीनको शान्ति, स्थायित्व एवम् विकासलाई प्रर्वद्धन गर्ने आफ्नो समर्पणप्रति प्रतिबद्ध रहेको पनि दोहोर्‍याए ।

भेटमा मन्त्री भण्डारीले नेपालले बीआरआईमा सहकार्य गर्दै आएको भन्दै त्यसअन्तर्गत भौतिक पूर्वाधार विकास तथा अन्तरआवद्धताका क्षेत्रमा लाभ लिन प्रयासरत रहेको पनि बताए ।

उनले नेपाली उत्पादनहरुको चीनमा सहज पहुँच, दुवै देशका व्यापारिक विन्दुलाई व्यवस्थित गर्ने,चीनको भन्सार र क्वारेण्टिन प्रक्रियाका बारेमा नेपाली निर्यातकर्ताहरुलाई चीन सरकारबाट सहजीकरण गरिदिन समेत भेटमा आग्रह गरे ।

‘नेपालसँग सीमाना जोडिएका चीनको सिजाङका प्रमुख भन्सार विन्दूहरुमा चेकजाँच गर्ने प्रयोगशालाको सुविधा चीनबाट हुन सकेको खण्डमा नेपाली वस्तुहरुको चिनियाँ बजारमा पहुँच विस्तारलाई अझै सहज र सरल बनाउने विश्वास मैले लिएको छु’, भेटमा मन्त्री भण्डारीले भने ।

तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनले नेपाल सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेकोमा बधाई दिए । चिनिया लगानीकर्ताहरू नेपालमा लगानीका इच्छुक रहेको धारणा पनि उनले राखे ।

नेपाल र चीनबीच पछिल्लो समय उच्चस्तरीय द्विपक्षीय भ्रमणहरू भएको भन्दै त्यसले दुई देशको सम्बन्ध मजबुत गर्न सहयोग पुग्ने उनले बताए ।

उपाध्यक्ष फुकुआनलले मन्त्री भण्डारीले उठाएका विषय समाधान गर्न प्रयास गर्ने भन्दै चीन सामूहिक हित र समृद्धिका लागि नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको जानकारी दिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : १० बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको