संसदीय राजनीतिमै फर्किए विप्लव, ०८४ को चुनाव लड्ने निर्णय « Khabarhub

संसदीय राजनीतिमै फर्किए विप्लव, ०८४ को चुनाव लड्ने निर्णय


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ०८४ को निर्वाचनलाई समाजवाद प्राप्तिका लागि प्रयोग गर्ने भएको छ ।

यही वैशाख ५ देखि ९ गतेसम्म महासचिव विप्लवको गृहजिल्ला कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय लिएको हो ।

ती बैठकका निर्णयबारे जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले अब चुनावमा पनि प्रतिस्पर्धा गर्ने जानकारी दिए ।

चुनाव सरकार सदनको कुरा नभएको बताए ।

‘चुनावलाई २०औँ शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नु ठिक होइन । २१औँ शताब्दीको विशेषता, अहिलेका प्रवृत्ति, नयाँ वर्ग, विकासित प्रविधि-ज्ञान र चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तिको एउटा अभियानमा बदल्न सकिन्छ’, उनले भने, ‘चुनाव केवल सरकार र सदनको कुरा मात्रै होइन । यसलाई त समाजवाद निर्माणका लागि अभियानका रुपमा उपयोग गर्नुपर्छ ।’

महासचिव विप्लवले संघर्षको नयाँ मोर्चाका रूपमा देशलाई समाजवादमा लैजाने योजनासहित चुनावको प्रयोग गर्नुपर्ने निष्कर्ष निकालिएको पनि बताएका छन्।

विप्लव नेतृत्वको नेकपाले संसदीय चुनावको विरोध गरिरहेको थियो । तीन वर्षसम्म भूमिगत राजनीति गरेपछि मूलधारमा आएका विप्लवले यसअघि २०७९ को चुनाव बहिष्कार गरेका थिए ।

तर अब उनले संसदीय राजनीतिमा होमिनुपर्ने निष्कर्ष सुनाएका हुन् । पत्रकार सम्मेलनका क्रममा महासचिव विप्लवले २०८४ सम्म कम्युनिस्ट एकता प्रयास हुनुपर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : ४४ बजे

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा

एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा