संसदीय राजनीतिमै फर्किए विप्लव, ०८४ को चुनाव लड्ने निर्णय « Khabarhub

संसदीय राजनीतिमै फर्किए विप्लव, ०८४ को चुनाव लड्ने निर्णय


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ०८४ को निर्वाचनलाई समाजवाद प्राप्तिका लागि प्रयोग गर्ने भएको छ ।

यही वैशाख ५ देखि ९ गतेसम्म महासचिव विप्लवको गृहजिल्ला कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय लिएको हो ।

ती बैठकका निर्णयबारे जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले अब चुनावमा पनि प्रतिस्पर्धा गर्ने जानकारी दिए ।

चुनाव सरकार सदनको कुरा नभएको बताए ।

‘चुनावलाई २०औँ शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नु ठिक होइन । २१औँ शताब्दीको विशेषता, अहिलेका प्रवृत्ति, नयाँ वर्ग, विकासित प्रविधि-ज्ञान र चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तिको एउटा अभियानमा बदल्न सकिन्छ’, उनले भने, ‘चुनाव केवल सरकार र सदनको कुरा मात्रै होइन । यसलाई त समाजवाद निर्माणका लागि अभियानका रुपमा उपयोग गर्नुपर्छ ।’

महासचिव विप्लवले संघर्षको नयाँ मोर्चाका रूपमा देशलाई समाजवादमा लैजाने योजनासहित चुनावको प्रयोग गर्नुपर्ने निष्कर्ष निकालिएको पनि बताएका छन्।

विप्लव नेतृत्वको नेकपाले संसदीय चुनावको विरोध गरिरहेको थियो । तीन वर्षसम्म भूमिगत राजनीति गरेपछि मूलधारमा आएका विप्लवले यसअघि २०७९ को चुनाव बहिष्कार गरेका थिए ।

तर अब उनले संसदीय राजनीतिमा होमिनुपर्ने निष्कर्ष सुनाएका हुन् । पत्रकार सम्मेलनका क्रममा महासचिव विप्लवले २०८४ सम्म कम्युनिस्ट एकता प्रयास हुनुपर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : ४४ बजे

त्रिचन्द्र क्याम्पस स्ववियु सभापति कोइरालाको विद्यार्थी राजनीतिमा ‘लिङ्दो समिति’ मोडलको माग

काठमाडौं– त्रिचन्द्र क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति गोविन्द कोइरालाले

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा