नौ महिनामा एक अर्ब ७८ करोड राजस्व संकलन | Khabarhub Khabarhub

नौ महिनामा एक अर्ब ७८ करोड राजस्व संकलन


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चालु आव २०८०-८१ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त राजस्व संकलन गरेको हो ।

आयकरबाट एक अर्ब एक करोड ६७ लाख, मूल्य अभिवृद्धि करबाट ६२ करोड १० लाख, अन्तःशुल्कबाट रु १० करोड ५६ लाख, ब्याजबापत तीन करोड ७० लाख, बहाल करबाट ९१ लाख र स्वास्थ्य सेवा करबाट रु एक लाख राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार कार्यालयको चालु आवका नौ महिनामा दुई अर्ब १० करोड ९६ लाख राजस्व संकलनको लक्ष्य रहेकामा लक्ष्यको ८४ दशमलव ८४ प्रतिशतमात्रै राजस्व संकलन भएको छ । चालु आवमा रु तीन अर्ब आठ करोड ४१ लाख राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य रहेकामा नौ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ५७ दशमलव ८० प्रतिशत रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए।

‘करदाताको कारोबारमा गिरावट आएको छ, बहाल करको दायरा घटेको छ, पूँजीगत खर्च कम छ’, उनले भने, ‘आर्थिक क्रियाकलाप घटेको छ, जसले गर्दा राजस्व संकलनमा कमी आएको छ ।’ कार्यालयको आव २०७९-८० मा रु तीन अर्ब ३६ करोड राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा  दुई अर्ब ५७ करोड ९८ लाखमात्रै राजस्व संकलन भएको सूचना अधिकारी पौडेलले जानकारी दिए। जुन वार्षिक लक्ष्यको ७६ दशमलव ७८ प्रतिशतमात्रै थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ३ : ०३ बजे

मुस्ताङमा अठार करोडको लागतमा तटबन्ध निर्माण

मुस्ताङ– कालीगण्डकी नदी सतहको उकासले हिमाली जिल्ला मुस्ताङको एक दर्जन तटीय

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै

‘कुलिङ पिरियड’ हटाउन चोर बाटोबाट बदमासी, राजीनामा दिन सभापति खतिवडालाई दबाब

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा विवादमा

यस्तो बन्दैछ ऐतिहासिक खुल्लामञ्च (तस्बिरहरू)

काठमाडौं– नेपालको राजनीतिक परिवर्तनको साक्षी बनेको ऐनिहासिक खुल्लामञ्च अहिले दूबोले

बाँकेमा बाढीबाट बस्ती जोगाउन अस्थायी तटबन्ध

नेपालगञ्ज– राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आसपासका क्षेत्रमा अस्थायी तटबन्धको