लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से  « Khabarhub

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा समेत उछाल ल्याएको छ । विदेशी लगानीकर्ता नेपालमा आएर लगानी गर्न इच्छुक देखिएको खबरहरु बाहिरिएसँगै शेयर बजारका लागनीकर्ता पनि उत्साहित भएका छन् । 

लगानी सम्मेलन हुनु एक दिन अगाडि मात्र शेयर बजारका लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए । बजार उकास्न सरकारले पहल गर्नुपर्ने, बुकबिल्डिङ बाट आईपीओ जारी गर्न नहुनेलगायतको माग राख्दै आन्दोलनमा रहेका लगानीकर्तालाई सरकारले माग सम्बोधन गर्ने भनेपछि आफ्नो आन्दोलन फिर्ता लिएका थिए । 

लगानी सम्मेलन सुरु भएयता र लगानीकर्ताको माग सम्बोधन गर्ने सरकारले प्रतिबद्धता गरेपछि लगानीकर्ता थप उत्साहित भएर ३ दिन यता निरन्तर शेयर बजार बढी रहेको छ । लगानी सम्मेलन सकिएको दोस्रो दिन बजारमा थप उत्साह देखिएको छ । मंगलबार एकै दिन बजार २५.९३ अंकले बढेर मनोवैज्ञानिक रेखा पार गरेको छ ।

मंगलबार बजार १.३० प्रतिशतले बढेर २००६.२८ को बिन्दुमा रोकिएको छ । शेयर बजारमा दुई हजारको बिन्दुलाई मनोवैज्ञानिक बिन्दु भनिन्छ । आज नेप्सेले उक्त बिन्दु पार गरेको हो । बजारले मनोवैज्ञानिक रेखा पर गरेसँगै कारोबारमा पनि त्यस्तै उत्साह देखिएको छ । मंगलबार ४ अर्ब ७५ करोड ६० लाख ४३ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख ५९ हजार ९३८ कित्ता शेयर ७५ हजार २७१ पटक किनबेच भएको छ । 

शेयर बजारमा आज ३२० कम्पनीको शेयर किनबेच हुँदा २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । मंगलबार सेन्सेटिभ इन्डेक्स ५.५८ अंकले, फ्लोट इन्डेक्स २ अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स २.१८ अंकले बढ्यो । 

केही दिन यता निरन्तर १० प्रतिशतले बढेर सकारात्मक सर्किट हानिरहेको फाइनान्सको शेयर भने घट्यो । १३ वटा उपसमूहमध्ये फाइनान्स समूहको परिसूचक मात्र घटेको छ भने अन्य १२ वटा उपसमूहको शेयर मूल्य बढेको छ । 

कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनीटी लघुवित्तको शेयरमा भने १० प्रतिशतले मूल्य बढेर सकारात्मक सर्किट लाग्यो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ३ : २६ बजे

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब