लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से  « Khabarhub

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा समेत उछाल ल्याएको छ । विदेशी लगानीकर्ता नेपालमा आएर लगानी गर्न इच्छुक देखिएको खबरहरु बाहिरिएसँगै शेयर बजारका लागनीकर्ता पनि उत्साहित भएका छन् । 

लगानी सम्मेलन हुनु एक दिन अगाडि मात्र शेयर बजारका लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए । बजार उकास्न सरकारले पहल गर्नुपर्ने, बुकबिल्डिङ बाट आईपीओ जारी गर्न नहुनेलगायतको माग राख्दै आन्दोलनमा रहेका लगानीकर्तालाई सरकारले माग सम्बोधन गर्ने भनेपछि आफ्नो आन्दोलन फिर्ता लिएका थिए । 

लगानी सम्मेलन सुरु भएयता र लगानीकर्ताको माग सम्बोधन गर्ने सरकारले प्रतिबद्धता गरेपछि लगानीकर्ता थप उत्साहित भएर ३ दिन यता निरन्तर शेयर बजार बढी रहेको छ । लगानी सम्मेलन सकिएको दोस्रो दिन बजारमा थप उत्साह देखिएको छ । मंगलबार एकै दिन बजार २५.९३ अंकले बढेर मनोवैज्ञानिक रेखा पार गरेको छ ।

मंगलबार बजार १.३० प्रतिशतले बढेर २००६.२८ को बिन्दुमा रोकिएको छ । शेयर बजारमा दुई हजारको बिन्दुलाई मनोवैज्ञानिक बिन्दु भनिन्छ । आज नेप्सेले उक्त बिन्दु पार गरेको हो । बजारले मनोवैज्ञानिक रेखा पर गरेसँगै कारोबारमा पनि त्यस्तै उत्साह देखिएको छ । मंगलबार ४ अर्ब ७५ करोड ६० लाख ४३ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख ५९ हजार ९३८ कित्ता शेयर ७५ हजार २७१ पटक किनबेच भएको छ । 

शेयर बजारमा आज ३२० कम्पनीको शेयर किनबेच हुँदा २१५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो । मंगलबार सेन्सेटिभ इन्डेक्स ५.५८ अंकले, फ्लोट इन्डेक्स २ अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स २.१८ अंकले बढ्यो । 

केही दिन यता निरन्तर १० प्रतिशतले बढेर सकारात्मक सर्किट हानिरहेको फाइनान्सको शेयर भने घट्यो । १३ वटा उपसमूहमध्ये फाइनान्स समूहको परिसूचक मात्र घटेको छ भने अन्य १२ वटा उपसमूहको शेयर मूल्य बढेको छ । 

कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनीटी लघुवित्तको शेयरमा भने १० प्रतिशतले मूल्य बढेर सकारात्मक सर्किट लाग्यो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ३ : २६ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको