जनकपुरबासीले बिर्सन नसकेको त्यो बज्रपात, आन्दोलनकारी भन्छन्– कहिलेकाहीँ ग्लानि हुन्छ « Khabarhub

जनकपुरबासीले बिर्सन नसकेको त्यो बज्रपात, आन्दोलनकारी भन्छन्– कहिलेकाहीँ ग्लानि हुन्छ


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

मिथिला राज्य संघर्ष समितिले ठीक १२ वर्ष अगाडि बैशाख १८ गतेकै दिन जनकपुरधामस्थित रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना दिई रहेको थियो । धर्ना दिइरहेकै अवस्थामा ठूलो बम विस्फोट भयो ।  बम विस्फोट भएपछि ५ जनाले सहादत प्राप्त गरे । ती शहीदहरूले सहादत प्राप्त गरेको दिन प्रत्येक वर्ष जनकपुरधाममा बलिदानी दिवस मनाइने गरिन्छ ।

२०६९ साल बैशाख १८ गतेको त्यो कालो दिन मिथिलाबासीले कहिल्यै बिर्सन सकेनन् । कारण त्यो दिन मिथिला भूमिमाअपूरणीय बज्रपात भएको थियो । जसको पीडा अहिले पनि आलै छ । यो त्यही दिन हो जुन दिन मिथिलावासीलाई रञ्जु झा जस्ता योद्धा गुमाउनु परेको थियो ।

‘यो पीडा हामीहरूको हृदयबाट कहिल्यै हट्ने छैन कि अब रञ्जु हामी बीच रहिनन् ।’ मिथिला नाट्य कला कला परिषदका हास्य कलाकार रामनारायण ठाकुर भन्छन् ‘कहिलेकाहीँ त रञ्जुको चर्चा चल्दा उनी हामी माझ नरहेको अझै विश्वास लाग्दैन ।’२०३४ सालमा जन्मेकी रञ्जु एउटा सामान्य परिवारकी थिइन् । रञ्जुले ‘ओ खाली मुह देखै छै’, ‘गाम नई सुतैया’, ‘ओरिजिनल काम’, ‘छुतहा घैल’, ‘पुस जाढ कि माघ जाढ’, ‘विर्जु विल्टु आ बाबु’, ‘प्रेत चाहे असौच’ लगायतका मैथिली नाटकमा आफ्नो अभिनय प्रतिभाको कौशल देखाइन् ।

    त्यही फलस्वरुपम उनी नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०५७ सालमा उत्कृष्ट कलाकारको पुरस्कार पाइन । पछि रञ्जु दीपक रौनियारद्वारा निर्देशित टेलि फिल्म ‘चौखठ’, ‘पूजा’, ‘आमा–२’, ‘सृष्टि’, र ‘कालाजार’मा पनि आफ्नो सशक्त अभिनयको प्रस्तुति दिएकी थिइन् ।

यसका अतिरिक्त रञ्जुले बीबीसी नेपाली सेवाको रेडियो नाटक कथा ‘मीठो सारङ्गीमा’ पनि आफ्नो आवाज दिएकी थिइन् ।रञ्जुका छोरा आँशु झा गहभरि आँसु पार्दै भन्छन् ‘आमाले हामीलाई छोडेर गएकी छैनन् उनी मेरो संस्कार, मेरो रगत, मेरो हृदयमा छिन् ।’

आन्दोलनकारी नै असन्तुष्ट
२०६९ साल बैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना बसेको बेला बिहान करिब ११ बजे सुनियोजित ढंगले गराइएको बम विष्फोटमा ५ जनाको ज्यान जानुका साथै विस्फोटमा परी दर्जनौं व्यक्ति घाइते भएका थिए ।

बम विस्फोटमा मिनापका कलाकार रञ्जु झासहित झगरु मण्डल, विमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो ।बम विस्फोट घटनाका मुख्य योजनाकार मानिएका पूर्वसांसद संजयकुमार साहसहितले सजाय स्वरुप कारागार जीवन बिताइरहेका छन् भने घटनामा संलग्न रहेको आरोपमा मुकेश चौधरी, राजन मुक्तिलगायत आधा दर्जन अभियुक्तहरू समेत दोषी ठहर भइ कारागारमा छन् ।

मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले नेपालको संघीय संरचना प्रवेश गरेपनि राजनीतिक दलहरूको गलत मानसिकताका कारण मिथिलालाई स्थापित गर्न नसकिएको बताए ।

कापडीले भने ‘मिथिला मैथिलीको पहिचानसहित संघीय संरचनामा मिथिला राज्य कायम होस् भन्ने सबैको सपना थियो । तर, मधेसको राजनीतिक बदमासीका कारण षडयन्त्रपूर्वक रोकियो ।’ 

आफूहरूको आन्दोलन सम्पूर्ण मिथिलाका लागि भए पनि मिथिला आन्दोलनको क्रममा भएको बम विस्फोटनको घटनापछि आफूहरूलाई बेवास्ता गरिएको बम विस्फोटन घटनाका घाइते एवम् जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का पूर्व अध्यक्ष रमेश ठाकुरले दुखेसो पोखे । उनका अनुसार मिथिला राज्य संघर्ष समितिले मिथिला राज्य माग गर्दै बसेको धर्नाको क्रममा भएको विस्फोटमा परी उनको पेट पूर्णरूपले फुटेको थियो ।

गम्भीर घाइते उनलाई तत्कालै स्थानीय अस्पतालमा सामान्य उपचार गरी काठमाडौँ लगिएको थियो । ‘आन्दोलनको क्रममा मेरो पेट नै फुटेको थियो, निधन भएकाबाहेक सबैभन्दा बढी चोट मलाई नै लागेको थियो,’ ठाकुरले भने ‘जसोतसो बाँच्न सफल भएँ तर अहिले पनि बमका केही टुक्राहरू मेरो पेटभित्रै छन् ।’

विस्फोटनमा परी घाइते हुँदाबखत उपचार खर्च राज्यले नै ब्यहोरेको उनले बताए । 

‘विस्फोटनमा परी गम्भीर घाइते मलाई तत्कालै काठमाडौँ लगियो ।’ उनले अगाडि भने ‘त्यसबेलादेखि सुरु भएको उपचार म डिस्चार्ज हुँदासम्मको उपचार खर्च राज्यले नै व्यहोरेको थियो ।’ मिथिला राज्य मागकालागि गरेको आन्दोलनले शरीरमा पुगेको चोटले पनि आफूलाई आफूमाथि नै ग्लानी भइरहेको गुनासो गरे । ‘सामान्य रोगसम्म नछोएको मेरो शरीरलाई अहिले अनेक प्रकारका औषधिको आवश्यकता पर्छ,’ उनले भने ‘ अहिले मेरो शरीर पूर्णरूपले कमजोर भइसकेको छ ।’

बमकाण्ड भएको वर्षौ बितिसक्दा पनि आन्दोलनले कुनै उपलब्धि प्राप्त नभएको उनको भनाइ छ ।

सोही आन्दोलनमा सहभागी नेपाली कांग्रेसका नेता धिरेन्द्रमोहन झाले दाहिने हातको तीनवटा औंला गुमाए । औंला गुमाएको हात देख्दा अहिले पनि त्यो भयावह दृश्य आँखा अगाडि झलझली आउने गरेको बताए । उनले भने ‘त्यो भयावह दृश्यको स्मरण गर्दा आफूले पुनर्जन्म नै पाएको जस्तो अनुभव हुन्छ ।’

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ३ : ३८ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद